© २०२३
२४ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज खेल्न क्यानडा भ्रमणका लागि १६ सदस्यीय टोली घोषणा गरेको छ। क्यानले सोमबार रोहित पौडेलको कप्तानीमा टोली घोषणा गरेको हो।
टोलीमा विकेटकिपर अर्जुन साउद र तिब्र गतिका बलर रिजन ढकालको पुनरागमन देखिन्छ। अर्जुनले २०२३ को आईसीसी विश्वकप एकदिवसीय छनोटमा आयरल्यान्डविरुद्ध खेलेपछि पुनरागमन गरेका हुन्।
त्यस्तै, टोलीमा देव खनाल ट्राभल रिजर्भ खेलाडीका रूपमा रहेका छन्। अन्य खेलाडीहरूमा पनि उत्साह र उमङ्ग देखिन्छ।
लिग २ अन्तर्गत नेपालले सेप्टेम्बर १६ र २२ मा क्यानडासँग, सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्नेछ। लिग २ पछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी२० आई सिरिज पनि हुनेछ।
त्यसपछि नेपाल लिग २ खेल्न अमेरिका जानेछ, जहाँ अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिकोणात्मक र टी–२० आई दुबै सिरिज हुनेछ।
नेपालको टोली: रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशनकुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी र देव खनाल (ट्राभलिङ रिजर्भ)।