© २०२३
२४ भदौ, काठमाडौं — नागढुंगा मन्दिर नजिक आज बिहान पुनः पहिरो गएको छ। नागढुंगा चेकपोस्टबाट करिब ३०० मिटर तल पहिरो जाँदा पृथ्वीराजमार्ग हुँदै काठमाडौं भित्रने र बाहिरिने सवारी साधनहरू अवरुद्ध भएका छन्।
प्रहरी वृत्त थानकोटका डीएसपी सूर्य सुवेदीका अनुसार, पहिरोका कारण दुवैतर्फको यातायात ठप्प भएको छ। अहिले पहिरो पन्छाएर सडक खुलाउने प्रयास जारी रहेको सुवेदीले जानकारी दिए।
यसअघि पनि यसै क्षेत्रमा पहिरो जाँदा यातायात प्रभावित भएको थियो। स्थानीय प्रशासन र सुरक्षाकर्मीहरू पहिरो हटाउन जुटिरहेका छन्। यात्रुहरूलाई वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरिएको छ।