© २०२३
काठमाडौँ, २४ भदौ – नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले आज पदबाट राजीनामा दिनुभएको छ। महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई उहाँले राजीनामा बुझाउनुभएको महासङ्घले जनाएको छ।
महासङ्घको चुनाव अनेक कारणले हुन नसकेको भन्दै पोख्रेलले राजीनामा दिएका हुन्। दुई पटकसम्म चुनावको मिति तोकिएपनि सम्पन्न हुन नसकेको उल्लेख गर्दै पोख्रेलले तेस्रो पटक आउँदो असोज ५ गते चुनाव गर्ने मिति तोकिएको जानकारी दिए।
पुनः कार्यतालिका ल्याउन नसक्नु, सदस्यता विवादका कारण बैठकबाट केही पदाधिकारी बाहिरिनु, र केही पदाधिकारीले उपस्थितिमा हस्ताक्षर नगर्नु लगायतका कारणले चुनाव गर्न नसकेको पोख्रेलले बताए। साथै, सदस्यताको सूचीप्रति एकपक्षले देखाएको व्यवहारप्रति खिन्न भएको पनि उहाँले जानकारी दिए।