© २०२३
२४ भदौ, काठमाडौँ । नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उद्यायन मन्त्री तथा नेपाली काङ्ग्रेसका सह महामन्त्री बद्री पाण्डेले इन्द्रजात्रा अन्तर्राष्ट्रिय रूपमा स्थापित भइसकेको बताएका छन् । आज सरोकारवालाहरू सँग छलफल गर्दै इन्द्रजात्राको पूर्व तयारीका सन्दर्भमा मन्त्री पाण्डेले इन्द्रजात्राको अक्षय कोषलाई ५ करोडबाट बढाएर १५ करोडको बनाउन पहल गरिने विश्वास दिलाएका छन्। मन्त्री पाण्डेले इन्द्रजात्रासँग सरोकारका विषयमा अन्तरमन्त्रालय र तीनवटै तहका सरकारसँग समन्वय गर्न मन्त्रालय तयार रहेको बताएका छन्। उनले जात्राको अवसरमा विगतमा देखिएका कमी कमजोरी सच्याएर भव्य र सभ्य रुपमा सफल पार्न आह्वान समेत गरेका छन् । इन्द्रजात्रा आगामी असोज १ गते मनाइने भएको छ।