© २०२३
२४ भदौ, काठमाडौं । आज बिहान त्रिभुवन विमानस्थलबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण गरिएको छ।
श्री एयरलाइन्सको ‘एसएचए १२१’ विमान सुर्खेतका लागि उडेको थियो। प्राविधिक समस्या तुरुन्तै पहिचान भएपछि चालकदलले बिहान ८ बजे त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण गराएका हुन्।
अवतरणको क्रममा विमान केहीबेर धावनमार्गमै रोकिएको थियो। विमानमा ‘नोज ह्विल लॉक’ को समस्या देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ।
यो श्री एयरलाइन्सको आजको पहिलो उडान थियो। अहिले उडानको स्थिति सामान्य भएको छ।
कम्पनीका बजार प्रबन्धक अनिल मानन्धरका अनुसार यात्रुलाई अर्को विमानबाट सुर्खेत पठाइएको छ।