© २०२३
गोलयुइएफए नेसन्स लिगअन्तर्गत समूह ए१ को खेलमा पोर्चुगलले स्कटल्यान्डलाई २-१ गोलले पराजित गर्दै विजय प्राप्त गरेको छ।आइतबार राति भएको खेलमा स्कटल्यान्डको लागि म्याकटोमिनीले खेलको सातौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। तर, पोर्चुगलका ब्रुनो फर्नान्डेजले ५४ मिनेटमा बराबरी गोल गर्दै खेललाई समायो।खेलको अन्तिम समयमा, ८८ मिनेटमा क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गर्दै पोर्चुगललाई २-१ को जित दिलाए। यस गोलले पोर्चुगललाई समूह ए१ मा लगातार दोस्रो जित दिलाएको छ।रोनाल्डो दोस्रो हाफको सुरुमा मैदानमा आएका थिए र आफ्नो करिअरको ९०१औं गोल गर्नुअघि दुई पटक पोस्टमा प्रहार गरेका थिए।यसैगरी, समूह ए४ को खेलमा स्पेनले स्विट्जरल्यान्डलाई ४-१ गोलले हराएको छ। स्पेनका जोसेलुले चौथो मिनेटमा गोल गरे भने फाबियन रूइजले १३ र ७७ मिनेटमा दुई गोल थपे। स्पेनको लागि फेरान टोरेसले ८० मिनेटमा चौथो गोल गरे।यद्यपि स्पेनले २० मिनेटमा रोनमान्डको रातो कार्ड प्राप्त गरेपछि १० खेलाडीमा सीमित भयो, त्यसको बावजूद उत्कृष्ट खेल प्रदर्शन गर्यो।