© २०२३
काठमाडौं, १ वैशाख । दीपेन्द्र ऐरी एकै ओभरमा ६ छक्का प्रहार गर्ने विश्वका पाचौं खेलाडी बनेका छन् । उनले कतारविरुद्धको खेलमा शनिबार किर्तिमानी छ छक्का प्रहार गरेका हुन् ।
अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकाका हस्र्चेल गिब्स, भारतका युवराज सिंह, वेस्ट इन्डिजका किइरन पोलार्ड र अमेरिकाका जसकरण मलहोत्राले मात्र यस्तो किर्तिमान बनाएका छन् ।
ओमानमा जारी एसीसी ट्वान्टी ट्वान्टी प्रिमियर कपमा नेपालले कतारमाथि ३२ रनको जित समेत निकालेको छ ।