© २०२३
२३ भदौ काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले नदी किनाराका जमीन खाली गराउने अदालतको निर्णयले जनताको निजी सम्पत्तिमाथिको संवैधानिक अधिकार हनन भएको निष्कर्ष निकालेको छ । एकीकृत समाजवादीले जनताको पक्षमा उभिने र यसको लागि सबै किसिममा सम्बाद गर्दै दबाबकारी कार्यक्रम गर्न समेत पहल गर्ने भएको छ । पीडित जनतासङ तत्काल अन्तरक्रिया गर्ने र पार्टीको धारणा जनतासम्म पुर्याउन पार्टीका सम्बन्धित कमिटिहरुलाइ निर्देशन गरेको छ। पार्टी अध्यक्ष माधवकुमार नेपालले पब्लिक सभालाई जानकारी दिएका छन ।