© २०२३
२२ भदौ, जनकपुरधाम — मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा शिक्षा आयोगले एमबीबीएस (चिकित्साशास्त्रमा स्नातक) कार्यक्रमका लागि ५० सिट प्रदान गरेको छ।
प्राप्त सिटमध्ये ७५ प्रतिशत सिटमा विद्यार्थीले पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न पाउनेछन्, जसले मधेश प्रदेशका विद्यार्थीहरूलाई ठूलो लाभ पुग्ने अपेक्षा गरिएको छ।
एमबीबीएसको पढाइ सुरु भएसँगै प्रादेशिक राजधानी जनकपुरधामसहित सम्पूर्ण मधेश प्रदेशको स्वास्थ्य सेवामा गुणात्मक सुधार हुने विश्वास गरिएको छ।
मुख्यमन्त्री सतिश सिंहले प्रतिष्ठानमा एमबीबीएस अध्ययन सुरु गराउन सफलतापूर्वक तयारी पूरा गरेकामा उपकुलपति डा. अंकुर साह, रजिस्ट्रार डा. विनोद यादव र अन्य पदाधिकारी तथा कर्मचारीलाई बधाई दिएका छन्।