© २०२३
देशले शान्ति चाहेको छ तर मुर्दा शान्ति होइन । देशले सक्रियता चाहेको छ तर अराजकता होइन । देशले युवापन चाहेको छ तर पुरानो पुस्ताप्रति तिरस्कार होइन ।
यतिबेला समाज निसास्सिएको छ अलमलमा छ । त्यो अलमल हटाउनुपर्छ । हाम्रो मौलिकता र हाम्रोपनको जगमै टेकेमात्र भुई भेटिन्छ नत्र हावामा तैरिन खोज्दा दुर्घटनामा परिन्छ ।
समाजलाई अराजकताको भूमरिबाट निकाल्नै पर्छ । कोही त आओस् डुब्न लागेको डुंगालाई बचाउन देशले यसो भनिरहेको छ । असल राजनीतिज्ञ, पत्रकार, कलाकार, प्रशासक, सुरक्षाकमी, सामाजिक अगुवा र जिम्मेवार व्यक्तिहरु यो देशमा नभएका होइनन् । उनीहरु ठूलो संख्यामा छन् । तर, उनीहरु विभाजित छन् । असल व्यक्तिहरुको एकता जरुरी छ । थोरै संख्यामा रहेका खराब व्यक्तिहरुले धेरै संख्यामा रहेका असलहरुलाई अप्ठ्यारोमा पारिरहेका छन् । देश बर्बाद बनाइरहेका छन् ।
देशमा असलहरु एक हुनुपर्छ अनि खराबहरुको एकता भंग गर्नुपर्छ । अनिमात्र हुन्छ शान्तिको आवाज बुलन्द ।