© २०२३
चितवन — चितवनमा पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ। शनिबार बिहान चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ नजिक खसेको पहिरो पन्छाएपछि राजमार्ग पुनः सञ्चालनमा ल्याइएको हो।
चितवन प्रहरीले दिएको जानकारी अनुसार, बिहान साढे ७ बजे खसेको सुक्खा पहिरो बिहान ९ बजे पन्छाइएको थियो। पहिरो हटाउनासाथ रोकिएका सवारी साधनहरू आफ्नो गन्तव्यतर्फ अघि बढेका छन्, जसले गर्दा यातायात आवागमन सामान्य अवस्थामा फर्किएको छ।