© २०२३
प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलसँग असोज ५ गते अमेरिका जाने घोषणा गरेका छन्।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रधानमन्त्रीको यो महत्वपुर्ण विदेश भ्रमणलाई अनुमोदन गरेको छ। महासभामा प्रधानमन्त्री ओलीले विश्वभरिका नेताहरूसँग नेपालका प्राथमिकतासम्बन्धी विचारहरू प्रस्तुत गर्नेछन्।
प्रधानमन्त्री ओलीसँगै परराष्ट्र मन्त्री आरजु राणा देउवा, परराष्ट्र सचिव सेवा लम्साल र प्रमुख सल्लाहकार विष्णु रिमाल लगायतका उच्च अधिकारीहरू पनि प्रतिनिधि टोलीमा रहनेछन्। महासभा भदौ २५ गतेदेखि असोज १२ गतेसम्म न्युयोर्कमा आयोजना हुने छ।
यो भ्रमण प्रधानमन्त्री ओलीको कार्यकालको पहिलो अन्तर्राष्ट्रिय यात्रा हो, जसले नेपालको विदेश नीतिमा नयाँ दिशा दिने अवसर प्रदान गर्ने विश्वास गरिएको छ। नेपाली टोलीले असोज १५ गते स्वदेश फर्किने कार्यक्रम तय गरेको छ।