© २०२३
तनहुँको व्यास नगरपालिका-१२ घाँसीकुवामा फेरि पहिरो खसेको छ, जसले गर्दा पृथ्वी राजमार्गमा अवरोध सिर्जना भएको छ। शुक्रबार बिहान ४ बजे लेदोयुक्त पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक दिलिपकुमार हुमागाईंका अनुसार पहिरो पन्छाउने प्रयासपछि बिहान ८ बजेबाट एकतर्फी यातायात सुचारु गरिएको छ। तर, लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउने काम अहिले रोकिएको छ र सडक एकतर्फी मात्र सञ्चालनमा रहेको छ।
यसअघि, भदौको पहिलो साता त्यही ठाउँमा ठूलो पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।