© २०२३
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज पार्टनरसँगको दूरीले उहाँको महत्त्वको अनुभूति हुनेछ। स्वास्थ्य समस्या र तनावले रोमान्टिक जीवनमा असर पार्न सक्छ। अवरुद्ध कामहरु पुरा गर्दा मन आनन्दित हुनेछ। स्वास्थ्यमा सामान्य कमजोरी आएसँगै चिकित्सकको परामर्श लिनु उत्तम हुनेछ। व्यापारिक बैठक वा नयाँ करारका लागि शुभ दिन छ। भाग्यले १०० प्रतिशत साथ दिनेछ। आजका लागि शुभअङ्क ६, शुभ रङ रङ्गीबिरङ्गी, शुभ दिशा दक्षिण हो। यात्रा गर्नुअघि ॐ नागदेवताभ्यो नमः मन्त्र ९ पटक जाप गर्नु लाभदायक हुनेछ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
घरपरिवारमा शान्ति र पतिपत्नीबीच राम्रो समझदारी कायम हुनेछ। छोराछोरीको खुसीका लागि केही कुरा लुकाउनुपर्ने स्थिति आउन सक्छ। आज आन्तरिक प्रतिभाको प्रस्फुटन हुनेछ। कला र साहित्यमा रुचि छ भने विचार टिपोट गर्नु भविष्यमा लाभदायक हुनेछ। परीक्षा र प्रतिस्पर्द्धामा सफलता मिल्नेछ। भाग्य १०० प्रतिशत बलियो छ। आजका लागि शुभअङ्क ५, शुभ रङ सेतो, शुभ दिशा पूर्व हो। यात्रा वा महत्त्वपूर्ण कार्य अघि ॐ द्रां द्रीं द्रौं सः शुक्राय नमः मन्त्र ११ पटक जाप गर्नुहोला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज कार्यालयीय काममा त्यति परिश्रम गर्नुपर्ने छैन, तर पारिवारिक भावनालाई बुझ्न सक्नुपर्छ। विश्वासको संकट हुन सक्ने हुँदा आपसी विवादको सम्भावना छ। कुनै पनि कुरा लुकाउनु राम्रो हुनेछैन। घरजग्गा वा धन लगानीका लागि समय उपयुक्त छ। आज भाग्यको साथ ४० प्रतिशत छ। शुभअङ्क ४, शुभ रङ सेतो/उज्यालो, शुभ दिशा उत्तर। ॐ शुं शुक्राय नमः मन्त्र ११ पटक जाप गरेर यात्रा गर्नु लाभदायक हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजको दिन कार्ययोजना र व्यवस्थापनमा ध्यान दिनुपर्छ। परिवारसँगको सम्बन्धमा सुधार हुनेछ र माइतीपक्षसँग भेटघाटको सम्भावना छ। मिहिनेतले राम्रै नतिजा दिनेछ, आत्मसम्मान बढ्ने अवसर प्राप्त हुनेछ। भाग्य १०० प्रतिशत साथमा छ। शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे, शुभ दिशा पश्चिम। यात्रा अघि ॐ गं गणपतये नमः मन्त्र २१ पटक जाप गर्नु लाभदायक हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज वचनको महत्त्व बुझेर कसैको मन नदुखाउने प्रयास गर्नुहोस्। उपहार प्राप्त हुने सम्भावना छ र हाकिमले प्रशंसा गर्नु हुनेछ। आर्थिक पक्षमा केही खर्च बढ्न सक्छ, तर पार्टनरको सहायता पाउन सकिने छ। भाग्य ९५ प्रतिशत साथमा छ। शुभअङ्क २, शुभ रङ सेतो/उज्यालो, शुभ दिशा दक्षिण। ॐ वैभवलक्ष्म्यै नमः मन्त्र ११ पटक जाप गर्नु लाभदायक हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आत्मविकास र नयाँ सम्पत्ति वा वाहन खरिदको दिन हो। मनोबल बढ्नेछ र कठिन चुनौतीहरू पार गर्न सकिनेछ। अहिलेको मिहिनेतले भविष्यमा राम्रो नतिजा दिनेछ। भाग्य ८५ प्रतिशत साथमा छ। शुभअङ्क १, शुभ रङ हरियो, शुभ दिशा पूर्व। ॐ बुं बुधाय नमः मन्त्र ८ पटक जाप गर्नु लाभदायक हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धनमालको सुरक्षामा विशेष ध्यान दिनुहोस्। मनको हठमा फस्न नदिनुहोस् र पढाइमा ध्यान केन्द्रित गर्नुहोस्। कुनै ठूलो जोखिम नलिनुहोस्, नत्र प्रतिष्ठामा असर पर्नेछ। भाग्य ७० प्रतिशत साथमा छ। शुभअङ्क ३, शुभ रङ सेतो, शुभ दिशा उत्तर। ॐ कवये नमः मन्त्र ११ पटक जाप गर्नु लाभदायक हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज आफन्त वा मित्रसँगको भेटघाटले लाभदायक अवसर दिलाउन सक्छ। सरकारी काम वा गृहनिर्माणमा सफलता मिल्नेछ। आज ६५ प्रतिशत भाग्य बलियो छ। शुभअङ्क २, शुभ रङ सेतो/उज्यालो, शुभ दिशा पश्चिम। ॐ ह्रीं श्रीं क्लीं वित्तेश्वराय नमः मन्त्र ११ पटक जाप गर्नुहोस्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जीवनशैलीमा सुधार आउनेछ। फोन वा मेलमार्फत राम्रो समाचार प्राप्त हुनेछ। आपसी सम्बन्धमा मिठास देखापर्नेछ। भाग्य १०० प्रतिशत बलियो छ। शुभअङ्क १, शुभ रङ पहेंलो, शुभ दिशा दक्षिण। ॐ अनन्ताय नमः मन्त्र ११ पटक जाप गर्नु लाभदायक हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
विदेश यात्रा वा छात्रवृत्तिका लागि प्रयास सफल हुनेछ। अचानक परिस्थिति बदलिने सम्भावना छ। वैकल्पिक आम्दानीको सम्भावना पनि छ। भाग्य ८५ प्रतिशत साथमा छ। शुभअङ्क ९, शुभ रङ हरियो, शुभ दिशा पूर्व। ॐ ऐं श्रीं श्रीं बुधाय नमः मन्त्र ८ पटक जाप गर्नु लाभदायक हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज ध्यान, मेडिटेशन र योगले मनको शान्ति प्रदान गर्नेछ। महत्त्वपूर्ण काम आफ्नै उपस्थितिमा गर्नु राम्रो हुन्छ। भाग्यको साथ ०० प्रतिशत रहेको छ। शुभअङ्क ८, शुभ रङ सेतो/पहेंलो, शुभ दिशा उत्तर। ॐ धर्मराजाय नमः मन्त्र ११ पटक जाप गर्नु लाभदायक हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पुरानो ऋणसापटीको बोझ हट्नेछ। प्रेम सम्बन्धमा रमाइलो समय बित्नेछ। पारिवारिक जीवनमा सुख र आनन्द प्राप्त हुनेछ। भाग्य १०० प्रतिशत बलियो छ। शुभअङ्क ७, शुभ रङ सेतो/चम्किलो, शुभ दिशा पश्चिम। ॐ भार्गवाय नमः मन्त्र ११ पटक जाप गर्नु लाभदायक हुनेछ।