© २०२३
काठमाडौं — चर्चित टिभी श्रृंखला ‘सक्किगो नि’ले निर्माण गरेको नयाँ फिल्म ‘लाज शरणम्’को छायांकन भदौ २२ गतेदेखि डोल्पामा सुरु हुँदैछ।
मंगलबार, अर्जुन घिमिरे ‘पाँडे’, हरिश निरौला ‘कक्रोच’, विजय बराल, भोला सापकोटा, र रेणु योगी डोल्पामा पुगेका छन्। जुफाल विमानस्थलमा स्थानीयहरूले उनीहरूको भव्य स्वागत गरेका थिए।
फिल्मको निर्देशन कुमार कट्टेल ‘जिग्री ब्रो’ले गर्दैछन् र छायांकन सुदीप बरालले गर्नेछन्। फिल्मको रिलिज आगामी फागुन १४ गते निर्धारित छ।