झापा माओवादी केन्द्रद्वारा : ‘ग्रीन दमक, क्लिन दमक’ अभियानको दोस्रो चरण सुरु राजावादीको आन्दोलनमा आगो भए दीपक सिंह रैथाने खानामा युवा पुस्ताको रुची गुम्दै, संकटमा आदिबासी जनजाती आदिवासी परम्परा र रैथाने बालीको संरक्षणमा एफएओको विशेष जोड : आदिवासी जनजातिको निर्णायक भूमिका हुनेमा सरोकारवालाको विश्वास निजी ऊर्जा विकासका लागि ऐन आवश्यक छ हामी साँच्चै दुःखमा छौं: इप्पान अध्यक्ष कार्की भ्रष्टाचार नियन्त्रणमा सरकार गम्भीर छैन : सांसद केसी केआइआइटीमा दोहोरिएको रहस्यमय घटनाबारे राष्ट्रियसभामा सत्यतथ्य छानबिनको माग गेटा मेडिकल कलेजको उपकरण खरिद प्रक्रियामाथि प्रश्न: पारदर्शिता र नियमन आवश्यक नेपालको हवाई सुरक्षामा नयाँ युगको आरम्भ : मन्त्री पाण्डेद्वारा प्रणाली सुदृढीकरणमा जोड बुद्धका शिक्षालाई विश्वभर फैलाउन लुम्बिनीबाट प्रधानमन्त्रीको उद्घोष गठबन्धन सरकारमा कांग्रेसको हिस्सा माग: गभर्नर पद कांग्रेसलाई दिनुपर्ने  प्रवक्ता महतको सुझाव ११ वर्षपछि त्रिचन्द्रमा नेविसंघ इकाइ गठन, बाजुराका अमृत शाही बने अध्यक्ष शिक्षा ऐन चाँडै आउँछ : प्रधानमन्त्री ओली प्रदूषणबारे सरकारले थाल्यो विज्ञसँग छलफल कार्यवाहक प्रधानमन्त्रीले शिक्षा विधेयकबारे सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्रीको सम्बोधनः मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास आवश्यक प्रधाानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्री अमरासुरियाबिच भेटवार्ता कुलमान र हितेन्द्रदेवको रिटमाथिको सुनुवाइ सकियो, आदेश आजै आउने ०८४ पछि देउवा, ओली र प्रचण्डले नेतृत्व छाड्नुपर्छः विश्वप्रकाश शर्मा नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर स्वतन्त्रताका नाममा हुने हिंसा, आगजनी र लुटपाट सधैँ निषेधितः राष्ट्रपति पौडेल मेडिकल राहत लिएर नेपाली सेनाको टोली भूकम्प प्रभावित म्यानमार प्रस्थान ई. जीवन तिमिल्सैनाको नेतृत्वमा बेथीतिबिरुद्व (3D-1C) मोडल सार्वजनिक प्रधानमन्त्री ओली थाइल्यान्डमा सांसद दीपक बोहराको निधनमा संसद्‌बाट शोक प्रस्ताव पारित तीनकुने घटनामा अराजक गतिविधि गर्ने थप १८ जना पक्राउ तने बोडीमा अत्यधिक विषादी भेटियो अमेरिकाबाट फर्काइएका भुटानी शरणार्थीलाई बेपत्ता तथा देश निकाला गरिएकोमा आपत्ति प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड प्रस्थान मंगलबार पनि सुनको मूल्य हालसम्मकै उच्च दुवै सदनबाट पारित भए अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएका पाँच विधेयक संघीयता खारेजी र हिन्दू राष्ट्र माग गर्दै बझाङमा राप्रपाको प्रदर्शन सुरेशको परिवारलाई प्रधानमन्त्रीको वचन- दोषीलाई कारवाही हुन्छ, धर्मपत्नीलाई रोजगारीको व्यवस्था मिलाउँछौं रविले भने-पार्टीभित्र भारी फेरबदल र पुनःसंरचना गर्छु, तयार रहनुस् कोटेश्वर भाटभटेनीमा राजावादी समूहले लुट्यो सामग्री काठमाडौंका यी क्षेत्रमा लगाइयो कर्फ्यू प्रदर्शनका क्रममा २५ घाइतेको केएसमीमा उपचार हुँदै प्रहरीलाई गोली चलाउन निर्देशन कर्फ्यु लगाएको क्षेत्रमा सेना परिचालन कान्तिपुर टीभी कार्यालयमा राजावादीले गरे ढुंगा प्रहार बालकुमारी र च्यासल क्षेत्रमा आन्दोलनकारीले थप ३ गाडी जलाए रहर गरेर राजतन्त्र पुनःस्थापित हुँदैनः शेरबहादुर देउवा माओवादीले भन्यो-संसदमा जवाफ नदिएसम्म सदन चल्न दिदैनौँ काठमाडौंमा भोलि दुई ठुला प्रदर्शन हुने दुर्गा प्रसाईंले भेटे पूर्वराजा ज्ञानेन्द्र शाह मुख्यमन्त्री र प्रदेश प्रमुखलाई दोहोरो सुविधाः सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी अछामको पाँचुली जंगलमा अबैध तरिकाले गिट्टी तथा ढुङ्गा उत्खनन, के भन्छ पीके निर्माण सेवा ? कुलमान हटाएको विषयमा जवाफ दिन आवश्यक छैनः प्रधानमन्त्री ओली सरकारको निर्णयविरूद्ध रिट लिएर सर्वोच्च गए कुलमान

मदेश सरकारका योजना तीव्र कार्यान्वयन तयारीमा

२० भाद्र २०८१, बिहीबार

२० भदौ, जनकपुरधाम । लोकनायक राजा सलहेशको लहानस्थित फुलबारी नजिक डा.बाबासाहेब आम्बेडकर पार्क निर्माण कार्य सुरु हुने भएको छ । पार्कका लागि स्व.देवधामी दनुवार, जितेन्द्र धामी दनुवार, इन्द्रदेव सिँह, कमलदेव सिँह र उत्तिम सिँहले एक कट्ठा जग्गा दान दिएका छन् । मधेश प्रदेश सरकारले एक करोड रुपैयाँको लागतमा बन्ने पार्कमा अन्य संरचनासँगै राजा सलहेश र डा.अम्बेडकरका प्रतिमा स्थापित गरिनेछ ।
भारतका बहुज्ञ, विधिवेत्ता, अर्थशास्त्री, राजनीतिज्ञ एवम् समाजसुधारक डा.आम्बेडकरले दलितमाथि गरिने अन्यायविरुद्ध अभियान चलाएका थिए । डा.आम्बेडकरको विचारधाराबाट नेपालको दलित’’’ समुदायमा गहिरो प्रभाव छ ।
चालू आर्थिक वर्षको बजेटमा डा.आम्बेडकर पार्कका लागि एक करोड रुपैयाँ छुट्याइएको प्रदेशका वन तथा वातावरण मन्त्री त्रिभुवन साहले बताए । उनले पार्क निर्माणमा राजनीतिक अस्थिरताले प्रभाव नपर्ने प्रस्ट्याए ।
प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.सोहन साहले सलहेश फुलबारी दर्शनका लागि भारत समेतबाट उल्लेख्य सँख्यामा पर्यटकको आवागमन हुने स्थल नजिक डा.आम्बेडकर पार्कको निर्माण भएपछि पर्यटकको सँख्यामा सयौँ गुना वृद्धि हुने र त्यसक्षेत्र तथा वरपरको आर्थिक गतिविधि तीव्र हुने बताए ।
उनले सलहेश फुलबारीका धार्मिक तथा साँस्कृतिक विधिहरू विशेषतःः दनुवार र दुसाध समुदायसँग जोडिएको बताउँदै डा.अम्बेडकर पार्क अन्यका अतिरिक्त दलित समुदायका लागि महत्त्वपूर्ण र छुटाउन नहुने पर्यटकीय गन्तव्य बन्ने निश्चित रहेको उल्लेख गरे ।
सात दशमलव छ हेक्टरमा फैलिएको सलहेश फुलबारीले त्यसक्षेत्रको पारिस्थितिकीय प्रणाली र जैविक विविधतामा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ । फुलबारीका कारण वरपर १४ गाउँमा पानीको उपलब्धता रहँदैआएको छ ।
मधेश प्रदेश सरकारले अन्य योजनासँगै डा.आम्बेडकर पार्कका लागि आर्थिक वर्षको पहिलो त्रैमासिकबाटै कार्य थालनी गरेको छ । प्रदेशमा जनमत पार्टी नेतृत्वको सरकार गठन भएपछि पहिलो त्रैमासिकबाटै योजना कार्यान्वयन हुन थालेको हो । यसअघि प्रदेश सरकार गठन भएयताका सात वर्षभन्दा बढी समयसम्म पहिलो र दोस्रो त्रैमासिकसम्म योजना कार्यान्वयनको पाटोमा काम भएका थिएनन् । आर्थिक वर्षको मध्यबाट प्रक्रिया थालिएर अन्त्यतिर काम हुँदा अधुरा र गुणस्तरहीन काम भएको गुनासो गरिँदै आएको थियो ।
डा.सोहनले योजना कार्यान्वयनका लागि पहिलो त्रैमासिकबाटै सरकारको राजनीतिक नेतृत्व र कर्मचारीहरूले तीव्र गतिमा काम थालिसकेको बताए । ‘प्रदेशमा पहिलोपटक यस्तो भएको हो । यसले योजना कार्यान्वयनमा ढिलाइ गर्न नहुने मान्यता व्यवहारमा परिणत हुँदैछ,’ उनले भने ।