© २०२३
जनकपुरधाम, १९ भदौ – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई मानव अधिकार रक्षकहरूको समूहले दुई महत्वपूर्ण विधेयक अघि बढाउन सुझाव दिएकाे छ ।
जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालयमा भएको भेटमा मानव अधिकारकर्मीहरूले मधेश प्रदेशको सहिद प्रतिष्ठान र मानव अधिकार रक्षकको सुरक्षा तथा संरक्षणसम्बन्धी विधेयकलाई तत्काल अघि बढाउन सुझाव दिएका हुन ।
मुख्यमन्त्री सिंहले दुवै विधेयकलाई सम्बद्ध मन्त्रालय र निकायमा पठाएर थप परिमार्जनसहित अघि बढाउने बताएका छन । “सरकार जनतासँग उत्तरदायी छ। हामी विधेयकमा भएका जटिलताहरूलाई समाधान गरेर अघि बढ्छौं,” मुख्यमन्त्री सिंहले अधिकार रक्षकहरूको समूहलाई बताए ।