कांग्रेस स्वर्ग र नर्कको गोलचक्करमा देश संकटमा बंगलादेशमा एसिया प्यासिफिक सम्मेलन सम्पन्न कृषिमा सम्भावनाको क्षितिज फराकिलो बनाउने विस्वास पारदर्शिता र प्रतिबद्धताका लागि काँग्रेसलाई पौडेलको चेतावनी: गलत कार्यमा नफस्न सुझाव समुदायमै स्वास्थ्य सेवा पदको प्यासमा रहेका प्रति प्रचण्डको चिन्ता गृहमन्त्रीको राजीनामा मागेर सदन अवरोध गर्नु लोकतन्त्र विपरीत छ : प्रधानमन्त्री ओली झापा माओवादी केन्द्रद्वारा : ‘ग्रीन दमक, क्लिन दमक’ अभियानको दोस्रो चरण सुरु राजावादीको आन्दोलनमा आगो भए दीपक सिंह रैथाने खानामा युवा पुस्ताको रुची गुम्दै, संकटमा आदिबासी जनजाती आदिवासी परम्परा र रैथाने बालीको संरक्षणमा एफएओको विशेष जोड : आदिवासी जनजातिको निर्णायक भूमिका हुनेमा सरोकारवालाको विश्वास निजी ऊर्जा विकासका लागि ऐन आवश्यक छ हामी साँच्चै दुःखमा छौं: इप्पान अध्यक्ष कार्की भ्रष्टाचार नियन्त्रणमा सरकार गम्भीर छैन : सांसद केसी केआइआइटीमा दोहोरिएको रहस्यमय घटनाबारे राष्ट्रियसभामा सत्यतथ्य छानबिनको माग गेटा मेडिकल कलेजको उपकरण खरिद प्रक्रियामाथि प्रश्न: पारदर्शिता र नियमन आवश्यक नेपालको हवाई सुरक्षामा नयाँ युगको आरम्भ : मन्त्री पाण्डेद्वारा प्रणाली सुदृढीकरणमा जोड बुद्धका शिक्षालाई विश्वभर फैलाउन लुम्बिनीबाट प्रधानमन्त्रीको उद्घोष गठबन्धन सरकारमा कांग्रेसको हिस्सा माग: गभर्नर पद कांग्रेसलाई दिनुपर्ने  प्रवक्ता महतको सुझाव ११ वर्षपछि त्रिचन्द्रमा नेविसंघ इकाइ गठन, बाजुराका अमृत शाही बने अध्यक्ष शिक्षा ऐन चाँडै आउँछ : प्रधानमन्त्री ओली प्रदूषणबारे सरकारले थाल्यो विज्ञसँग छलफल कार्यवाहक प्रधानमन्त्रीले शिक्षा विधेयकबारे सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्रीको सम्बोधनः मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास आवश्यक प्रधाानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्री अमरासुरियाबिच भेटवार्ता कुलमान र हितेन्द्रदेवको रिटमाथिको सुनुवाइ सकियो, आदेश आजै आउने ०८४ पछि देउवा, ओली र प्रचण्डले नेतृत्व छाड्नुपर्छः विश्वप्रकाश शर्मा नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर स्वतन्त्रताका नाममा हुने हिंसा, आगजनी र लुटपाट सधैँ निषेधितः राष्ट्रपति पौडेल मेडिकल राहत लिएर नेपाली सेनाको टोली भूकम्प प्रभावित म्यानमार प्रस्थान ई. जीवन तिमिल्सैनाको नेतृत्वमा बेथीतिबिरुद्व (3D-1C) मोडल सार्वजनिक प्रधानमन्त्री ओली थाइल्यान्डमा सांसद दीपक बोहराको निधनमा संसद्‌बाट शोक प्रस्ताव पारित तीनकुने घटनामा अराजक गतिविधि गर्ने थप १८ जना पक्राउ तने बोडीमा अत्यधिक विषादी भेटियो अमेरिकाबाट फर्काइएका भुटानी शरणार्थीलाई बेपत्ता तथा देश निकाला गरिएकोमा आपत्ति प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड प्रस्थान मंगलबार पनि सुनको मूल्य हालसम्मकै उच्च दुवै सदनबाट पारित भए अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएका पाँच विधेयक संघीयता खारेजी र हिन्दू राष्ट्र माग गर्दै बझाङमा राप्रपाको प्रदर्शन सुरेशको परिवारलाई प्रधानमन्त्रीको वचन- दोषीलाई कारवाही हुन्छ, धर्मपत्नीलाई रोजगारीको व्यवस्था मिलाउँछौं रविले भने-पार्टीभित्र भारी फेरबदल र पुनःसंरचना गर्छु, तयार रहनुस् कोटेश्वर भाटभटेनीमा राजावादी समूहले लुट्यो सामग्री काठमाडौंका यी क्षेत्रमा लगाइयो कर्फ्यू प्रदर्शनका क्रममा २५ घाइतेको केएसमीमा उपचार हुँदै प्रहरीलाई गोली चलाउन निर्देशन कर्फ्यु लगाएको क्षेत्रमा सेना परिचालन कान्तिपुर टीभी कार्यालयमा राजावादीले गरे ढुंगा प्रहार बालकुमारी र च्यासल क्षेत्रमा आन्दोलनकारीले थप ३ गाडी जलाए रहर गरेर राजतन्त्र पुनःस्थापित हुँदैनः शेरबहादुर देउवा माओवादीले भन्यो-संसदमा जवाफ नदिएसम्म सदन चल्न दिदैनौँ

सबै दलको सहमतिमा संविधान संशोधन गर्छौं, स्थिर सरकार निर्माण हाम्रो प्राथमिकता: गृहमन्त्री रमेश लेखक

१८ भाद्र २०८१, मंगलवार

१८ भदौ, धनगढी । गृह मन्त्री रमेश लेखकले सबै दलको सहमति जुटाएर नेपालको संविधान संशोधन गर्ने ठोस योजना अघि सारेका छन्। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई अझ सुदृढ र समावेशी बनाउने उद्देश्यसहित गृह मन्त्री लेखकले मंगलवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा संविधान संशोधनलाई प्राथमिकतामा राखेर आफू अघि बढ्ने बताएका हुन्।लेखकले भने, “संविधानका आधारभूत विषयहरूमा कुनै प्रतिरोध नहुने गरी संशोधनको तयारी गरिएको छ।

हाम्रो उद्देश्य भनेको समावेशी, सुदृढ, बलियो, र जनताका लागि प्रभावकारी हुने संविधान निर्माण गर्नु हो। यसका लागि सबै राजनीतिक दलको सहमति आवश्यक छ, र हामी चरणबद्ध छलफल गरेर अगाडि बढ्नेछौं।”पत्रकार सम्मेलनमा लेखकले संविधान संशोधनको लागि संविधानका सरलता र जटिलताको समीक्षा गरेर मात्र अगाडि बढिने स्पष्ट पारे। उनले भने, “संविधानको पहिलो ९-१० वर्षको अभ्यासबाट के के राम्रा भए र कहाँ कठिनाइहरू देखिए, ती सबैको गहन समीक्षा गरिनेछ।

यसपछि सबै दलसँग संवाद गरेर सहमतिको आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढाइनेछ।”गृहमन्त्री लेखकले विगतमा नेपाली कांग्रेस र नेकपा एमालेले महत्वपूर्ण राजनीतिक परिवर्तनमा एकजुट भएर सफलता प्राप्त गरेको उल्लेख गर्दै, हालको अवस्थामा पनि दुवै दल स्थिर सरकार र समुचित राजनीतिक समीकरणका लागि मिलेर काम गरिरहेको बताए। उनले भने, “हामीले निरंकुश पञ्चायत व्यवस्थाविरुद्ध लड्दा र सशस्त्र संघर्षलाई शान्तिमा रूपान्तरण गर्दा कांग्रेस-एमाले एकजुट भएका थियौं।

अहिले पनि स्थिर सरकार र समृद्धि सुनिश्चित गर्न यस्तै सहकार्य आवश्यक छ।”संविधान संशोधनसँगै शिथिल भएको अर्थतन्त्रलाई चलायमान बनाउने, भ्रष्टाचार नियन्त्रण गर्ने, र सुशासन कायम गर्न पनि दुवै दलले मिलेर काम गरिरहेको लेखकले बताए। “स्थिर सरकारका लागि राजनीतिक स्थायित्व अपरिहार्य छ। हामी दुई-तीन महिनामा सरकार ढल्ने अवस्थाबाट देशलाई जोगाउन चाहन्छौं,” उनले थपे।लेखकको यो अभिव्यक्ति नेपालमा राजनीतिक स्थायित्व र स्थिर सरकारका लागि मार्गनिर्देशन हुनसक्ने आशा गरिएको छ, जसले समावेशी र जनउत्तरदायी शासनको मार्ग प्रशस्त गर्नेछ।