© २०२३
१६ भदौ, काठमाडौँ । अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि छनौटमा रुकुम पूर्व पहिलो जिल्ला बनेको छ । नेकपा माओवादी केन्द्र निकट भातृ संगठन अखिल क्रान्तिकारी रुकुम पूर्वको जिल्ला सम्मेलनबाट प्रतिनिधि छनोट गरिएको हो ।
सम्मेलनबाट केन्द्रीय उपाध्यक्ष तथा केन्द्रीय कार्यालय प्रमुख केशव रावल सहित विद्यार्थी नेताहरू छनौट भएका छन् । प्रतिनिधि चयन भएसंगै रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेको पब्लिक सवाललाई बताएका छन् ।
उनले पब्लिक सवाललाई भने हामीले राष्ट्रिय सम्मेलनमा केन्द्र राखेर देशैभरि आधारभूत तहका सम्मेलन सम्पन्न गरेका छौं। जिल्लाका सम्मेलनहरू सम्पन्न गर्ने क्रम जारी छ। प्रदेशका सम्मेलनहरू घोषणा भइसकेका छन्। २५ गतेसम्म प्रदेशका सम्मेलन सम्पन्न गर्नेछौँ र प्रतिनिधि छनोट पनि २५ गते भित्र सम्पन्न हुनेछ। असोज २ देखि ५ गते काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्नेछौँ।
राष्ट्रिय सम्मेलनले ३३ पदाधिकारी सहित २४३ केन्द्रीय समिति र तीनवटा आयोगका पदाधिकारीहरू समेत निर्वाचित गर्नेछौँ। यसपाली हामी संग सहमतिय प्रणालीमा जान केही जटिलताहरु छन् यसकारण प्रत्यक्ष निर्वाचन प्रणाली अपनाउने निर्णय गरिसकेका छौं । २३औं राष्ट्रिय सम्मेलनमा नेतृत्व निर्माण मात्रै गर्ने छैनौँ संगठनात्मक हिसाबले आउने समस्याहरु समाधान गर्ने गरी विधानमा व्यापक छलफल गर्नेछौं । शैक्षिक कार्यदिशा लगायत संगठनको नीति कार्यक्रमहरू बारे हरेक तहका सम्मेलनमा व्यवस्थित व्यापक छलफल गरिरहेका छौं राष्ट्रिय सम्मेलनमा पारित गर्नेछौं ।
तेइसौं राष्ट्रिय सम्मेलनले अखिल क्रान्तिकारीलाई नयाँ उचाइमा उठाउने गरी नेतृत्व निर्माण र नीति तथा कार्यक्रमहरू तय गर्नेछ।
संगठनभित्रको अर्को ठूलो समस्या भनेको देशैभरि कार्यकर्ताहरुलाई स्वार्थ समूह र गुटगत आधारमा विभाजन गर्ने र हेर्ने समस्या छ यसलाई सम्मेलनले खारेज गर्नेछ ।
को हुन् केशव रावल ?
विं.सं. २०५६ सालमा बाल संगठनबाट राजनीतिमा जोडिएका उनी हाल विद्यार्थी संगठनको केन्द्रीय उपाध्यक्षसहित कार्यालय प्रमुखको जिम्मेवारीमा छन् ।
राजनीतिमा जबरजस्ती उदायका उनी पार्टी र संगठनमा गुटको विरोध गर्दै आएका छन २३ औँ सम्मेलनमा पनि गुट हुन नहुने धारणा राख्दै आएका छन् ।
२०५६ : सालमा प्रावि भुरुङ्गा बाल संगठनमा संगठित
२०५८ : मावि इकाई समिति ,
२०५८ : टोल समिति अध्यक्ष
२०५९ : गाउँ समिति भुरुङ्गा अध्यक्ष
२०६१ : सालमा एरिया समिति सदस्य
२०६३ : विशेष एरिया समिति सहसचिव
२०६३ : अखिल क्रान्तिकारी रुकुमको जिल्ला सदस्य
२०६४ : अखिल क्रान्तिकारी रुकुमको सचिवालय सदस्य
२०६६ : अखिल क्रान्तिकारी रुकुमको जिल्ला समितिको कोषाध्यक्ष
२०६६ : रुकुमबाट काठमाडौँ उपत्यकामा सरुवा
२०६६ : अखिल क्रान्तिकारी सम्पर्क विभागको सदस्य
२०६७ : अखिल क्रान्तिकारी सम्पर्क समितिको उपाध्यक्ष २०६९ केन्द्रीय समिति सदस्य
२०७३ : स्ववियु सभापतिको उम्मेदवार त्रिचन्द्र क्याम्पस घण्टाघर काठमाडौँ । नेविसंघले हार्ने भइसकेपछि निर्वाचन समितिको कार्यालयमा ताला लगाई निर्वाचन रोकिएको
२०७३ : केन्द्रीय समिति सचिवालय सदस्य नेवा राज्य समिति सहसंयोजक तथा स्वयंसेवक विभागको केन्द्रीय सचिव
२०७४ : अखिल क्रान्तिकारीको केन्द्रीय कोषाध्यक्षमा निर्वाचित
२०७८ : अखिल क्रान्तिकारीको केन्द्रीय उपाध्यक्ष
हाल केन्द्रीय उपाध्यक्ष तथा केन्द्रीय कार्यालय प्रमुख