© २०२३
काठमाडौं, १६ भदौ २०८१ –वन तथा वाताबरण मन्त्री ऐनबहादुर शाही ठकुरी संघीयतालाई कार्यन्वयन गर्दै बिकास निर्माण कार्यलाई तिब्र रुपमा अघि बढाउनु पर्ने बताएका छन । आइतबार वन तथा वाताबरण मन्त्रालयको आर्थिक बर्ष २०८० ÷०८१ को बार्षिक प्रगति समिक्षा तथा मन्त्रालयस्तरीय समस्या सधमानको बैठकमा सहभागी मन्त्रालयका महानिर्देशक, महाशाखा प्रमुख र प्रदेश सचिवहरुलाई मन्त्री शाहीले संघीयतालाई मजबुत जनताका आबश्यकतालाई मध्येनजर गरि संघ र प्रदेशले बिकास निर्माण कार्यलाई तिब्रता दिनु पर्ने बताएका छन ।
जनताको पक्षमा केही गर्दैनन भन्ने मान्यतालाई चिर्दै बिकासका कामलाई रफतारले अघि बढाउनु पर्ने मन्त्रीको भनाई छ । समान्य कानुनी बाधा अडचनमा अल्झिएर जनतालाई दुःख दिने काम नगरौ । कानुनी बाधा अडचन फुकाएर जनताका समस्या समधान गर्न वन मन्त्रालय तत्पर रहेको उनकाे भनाई छ । संघ र प्रदेश नङ र मासु भएर काम गर्नु पर्ने मन्त्री शाहीले भने वन पनि जोगाउनु छ बिकास निर्माण पनि गर्नु छ । जनतामैत्री वन्यजन्तु मैत्री बिकास गर्न मन्त्रालय अन्त्र्रगत महाशाखा प्रमुखलाइ मन्त्रीले निर्देशन दिएका छन । बिकास निर्माणका निम्ति आएका फाइल धेरै दिन सम्म पेन्डिङमा राखेर हैरानी दिने काम नगर्नुस मन्त्रीले भने ३ दिन भित्र टुग्याइदिनुस् । सरकारी भवन निर्माणमा नेपालमै उत्पादित काठ अनिबार्य प्रयोग गर्नु पर्ने मन्त्रालयले नीति ल्याउन लागेको मन्त्रीले आफनो देशको काठ कुहिएर खेर जाने बिदेशी काठ प्रयोग गर्न आबश्यक छैन ।