© २०२३
१६ भदौ, काठमाडौ । नेप्से परिसूचक आइतबार ५३.६३ अंकले घटेर २६९५.९३ विन्दुमा पुगेको छ। यससँगै, नेप्सेले उच्च बन्द विन्दु ३००१ बाट ३०५ अंक गुमाएको छ।
आजको कारोबारमा २७ सय विन्दुबाट तल आउने प्रयास कमजोर भए पनि बजार बन्दा केही तल आइपुगेको छ। यद्यपि, २७ सयको विन्दु लगानीकर्ताको मनोवैज्ञानिक विन्दु बनेको देखिन्छ।
आज कारोबार रकममा पनि कमी आएको छ। बिहीबार १२ अर्ब २४ करोड रूपैयाँको कारोबार भएकोमा आइतबार १० अर्ब ५१ करोड रूपैयाँको कारोबार भएको छ, जसले अघिल्लो दिनको तुलनामा १ अर्ब ७३ करोड रूपैयाँको कमी देखाउँछ।
आज ३१ कम्पनीको सेयर मूल्य बढ्दा २०९ वटाको घटेको छ। सुपर माइ हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर १,०५६ रूपैयाँमा पुगेको छ। हिमालयन पावर पार्टनरको मूल्य ९.८७ प्रतिशतले बढेर ४२३ रूपैयाँ पुगेको छ।
गुडविल फाइनान्सको सर्वाधिक कारोबार भएको छ, जसको प्रतिकित्ता मूल्य १,२३० रूपैयाँमा ५२ करोड ३१ लाखको कारोबार भएको छ।आज १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक ०.८० प्रतिशतले बढेको छ भने बाँकी १२ समूहको परिसूचक घटेको छ। वित्त समूहको परिसूचक सर्वाधिक ३.४४ प्रतिशतले घटेको छ।