© २०२३
१५ भदौ, काठमाडौ । नेकपा माअोवादी केन्द्रकाे भातृ संगठन अखिल क्रान्तिकारीले ३३ पदाधिकारी र २४३ जना केन्द्रीय सदस्य बनाउने प्रस्ताव तयार गरेको छ । सधै जम्बो पदाधिकारी र केन्द्रीय समिति बनाएको आरोप खेप्नुपरेको क्रान्तिकारी बिद्यार्थी संगठनले सानो कमिटी बनाउने गृहकार्य थालेको हुनसक्ने बुझिएको छ ।
असोज दुई देखि पाँच गतेसम्म महाधिवेशन गर्ने तयारीमा जुटेको अखिल क्रान्तिकारीले पदाधिकारी र केन्द्रीय सदस्य चुस्त दुरूस्त बनाउन विधान मस्यौदामार्फत प्रस्ताव गरेकाे खिल क्रान्तिकारीका उपाध्यक्ष केशव रावलले पब्लिक सवाललाई बताएका छन ।
पब्लिक सवलसंग कुरा गर्दै उनलेे भने ‘हामीले संगठनलाई सानो आकारमा बनाएर चुस्त बनाउन चाहन्छौं यसम प्रयास गरिएका छाैं । यश विषयमा संगठनमा छलफल सुरू गरिसकेका छाैं । यसका लागि अब विधान सम्मेलन मार्फत विधान तयार हुने छ २३ औं राष्ट्रिय सम्मेलनबाट त्यो कार्यन्वयनमा जानेछ सम्मेलनको निर्वाचनबाट कमिटी चुस्तदुरुस्त हुने अपेक्षा लिएका छौँ । प्रस्तावित विधान मस्यौदाअनुसार पदाधिकारीमा एक अध्यक्ष, नौ उपाध्यक्ष, एक महासचिव, नौ उपमहासचिव, १२ सचिव र एक कोषाध्यक्ष हुने गरि ३३ पदाधिकारी र २४३ जना केन्द्रीय सदस्य बनाउने प्रस्ताव तयार गरेको छ ।