© २०२३
१५ भदौ, काठमाडौ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले प्रहरी हिरासतमा शंकास्पद मृत्यू भएका तत्कालिन स्वतन्त्र मधेश गठबन्धनका नेता राममनोहर यादवको स्मृति दिवस आईतबार श्रद्धाञ्जली सभासहित विभिन्न कार्यक्रम गरी मनाएको छ ।
सहिद यादवको सम्झनामा जनमत पार्टीले मध्य बानेश्वर स्थित पार्टी केन्द्रीय सम्पर्क कार्यालय काठमाडौंमा वीर सहिद स्वराजी राम मनोहर यादव अमर रहे भन्ने मुल नारका साथ पार्टीका राष्ट्रिय उपाध्यक्ष अब्दुल खांनकाे प्रमुख आथित्यतामा एक कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष दिपक कुमार शाह, पार्टीकी प्रमुख सचेतक अनिता देवी शाह लगायत पार्टीेका नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष अब्दुल खांनले पब्लिक सवाललाई जानकारी दिएका छन ।
सहिद यादवको सम्झनामा जनमत पार्टीले मधेशका विभिन्न जिल्ला सदरमुकामसहित विभिन्न ठाउँमा श्रद्धाञ्जली सभा गरेको खानले बताएका छन । २०७५ भदौ ७ गने तत्कालीन मन्त्रीलाई बर्दियामा कालो झण्डा देखाएकाे भन्दै पक्राउ परेका यादवको भदौ १५ गते प्रहरी हिरासतमै शंकास्पद मृत्यू भएको थियो ।