© २०२३
काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले युवा र विद्यार्थीहरूले लागूऔषध दुर्व्यसनविरुद्ध सचेत रहनुपर्ने बताएका छन्। उनले आज दोलखामा आयोजित गाईखुरा युवा क्लबको कार्यक्रमका क्रममा लागूऔषध दुर्व्यसनका समस्याबाट युवाहरूलाई बचाउनका लागि उनीहरूको सक्रियता र सचेतनाको महत्त्वलाई जोड दिएका छन्।
अध्यक्ष नेपालले भने, “अहिलेको समय तेस्रो युवा पुस्ता लागूऔषधको जालमा फस्दै गएको देखिन्छ। यसरी युवाहरूलाई बचाउनका लागि विद्यालय र क्याम्पसका विद्यार्थीहरूले सचेतनाको अभियान सञ्चालन गर्नु पर्छ।” उनले लागूऔषध दुर्व्यसनका कारण धेरै युवाले असमयमै ज्यान गुमाउनु परेको भन्दै यसविरुद्ध सबैले एकजुट भएर लड्नुपर्ने आवश्यकता औंल्याए।
अध्यक्ष नेपालले लागूऔषधको व्यापारमा संलग्न व्यक्तिहरूलाई समाजबाट बहिष्कृत गर्नुपर्ने र यसका लागि कडा कानूनी प्रावधान आवश्यक रहेको विचार व्यक्त गरे।कार्यक्रममा नेकपा (माओवादी केन्द्र) की सांसद गंगा कार्की, नेपाली कांग्रेसका नेता अजयवावु सिवाकोटी, विशेष अदालतका उपन्यायाधिवक्ता कृष्णा भण्डारी, पूर्वराजदूत डा. विश्वहरि नेपाल लगायतका व्यक्तिहरूले पनि धारणा व्यक्त गरे।