© २०२३
१४ भदौ, काठमाडौ । संघीय संसद्अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक सुरू भएको छ । बैठक बिहान १२ बजे बाट सिंहदरवार स्थित समितिको कार्यकक्षमा बसेको हाे । बैठकमा चाडपर्व लक्षित गरी अत्यावश्यक दैनिक खाद्य वस्तुहरूको सहज र सरल आपूर्ति व्यवस्थापनबारे विभिन्न उपभोक्ता हितका क्षेत्रमा कार्यरत सङ्घसंस्थाका प्रतिनिधिहरूसँग छलफल गर्ने कार्यसूची अनुसार विषयमाथि छलफल भइरहेको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति अब्दुल खानले पब्लिक सवाललाई जानकारी दिएका छन ।