© २०२३
१४ भदौ, काठमाडौ । सार्वजनिक स्थलमा राष्ट्रपति भन्ने कार्यक्रम तय भएसँगै आज राष्ट्रपति रामचन्द्र पौडेल भक्तपुर दरबार स्क्वायर पुगेका छन् । हरेक महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने कार्यक्रमको शुभारम्भको लागि राष्ट्रपति भक्तपुर पुगेका हुन । सार्वजनिक स्थलमा उनले आम नागरिकसँग संवाद गर्ने स्थानीयहरूको गुनासो सुन्ने अभियानको प्रमुख उद्देश्य रहेको बुझिएको छ । सार्वजनिक स्थलमा राष्ट्रपति भन्ने कार्यक्रम अन्तर्गत पहिलो दिन आज भक्तपुर दरबार स्क्वायरमा राष्ट्रपति पौडेलले स्थानीयसँग भलाकुसारी गर्नुका साथै उक्त ठाउँका विभिन्न स्थनहरूकाे अवलोकन गर्ने बताएको छ । राष्ट्रपतिको पहिलो कार्यक्रमले याे कार्यक्रम प्रभावकारी हुनसक्ने संकेत देखिएको छ ।