© २०२३
१३ भदौ, काठमाडौ । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ७ काउलेका २४ बर्षे कृष्ण पाण्डे यूएईमा मृत फेला परेका छन् । सोमबार पाण्डेलाई दुवईको सडक छेउमा मृत भेटिएको दुबई प्रहरीले जनाएको छ । छत्रदेव गाउँपालीकाको तर्फबाट सहयोग गर्न नमिलेपनि आफुले मानवीय हिसाबले सबै निकायहरू संग समन्वय गरेर सहयोग गर्ने र मृतकको शव शनिबार सम्म नेपाल ल्याउने गाउँपालीकाका अध्यक्ष चन्द्रमान श्रेष्ठले पब्लिक सवालसंग बताए । अध्यक्ष श्रेष्ठ आफ्नो गाउँपालिकका युवाको शव नेपाल झिकाइदिन भन्दै परराष्ट्रमन्त्री देखि राजदूत सम्म धाइरहेका छन । पाण्डे दुई वर्षअघि भिजिट भिषामा दुबई पुगेका बताइएको छ । उनी दुबईस्थित एक होटलमा काम गर्दै आएकाे बुझिएको छ । तर उनले तीन महिनाअघि होटलको काम छोडेरकाे समेत बुझिएको छ । भिजिट भिसामा गएका कारण उनको शव नेपाल ल्याउन अहिले समस्या भइरहेको छ भने अर्कोतर्फ परिवारको आर्थिक अवस्था समेत कमजोर भएका कारण शव ल्याउन नसकिएको मृतकका दाईकाे भनाइ छ । उनले भने ‘परिवारको आर्थिक अवस्था कमजोर छ । भिजिटमा गएकाको सरकारले उद्धार गर्दैन भन्ने सुनेका छौँ’‘बाबुको उपचारको चिन्ता अर्कोतर्फ छ । भाई त आएन, कम्तीमा शव भएपनि नेपाल ल्याउन सहयोग गरिदिन सरकारसँग आग्रह गछौँ ।’स्थानीय शोभाखर पाण्डेका अनुसार बाबुको उपचारका निम्ती उनका आमा, बुबा र कृष्णकी श्रीमती र छोरी भारतमा छन् ।