© २०२३
१३ भदौ, काठमाडौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई दुई तिहाइको दम्भ नदेखाउन सुझाव दिएका छन् । आज धनगढीमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले आफूले सरकारले दुई तिहाइको दम्भ देखाए बंगलादेश र श्रीलंकाको हालत हुन्छ भनेर सम्झाइसकेको बताए । प्रक‘दुई तिहाइको घमण्ड नगर्नोस्, तपाँईंहरू सुध्रिनुहोस् । राम्रो कामको समर्थन नै हुने छ । तर, लक्षण राम्रो गर्नेजस्तो देखिएको छैन,’– उनले सञ्चारकर्मीहरू संग भने
सरकारले गलत गर्दैगए प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले नछाड्ने नियम, कानुन मिचेर तलमाथि गरेको खण्डमा आफूहरु सडकमा आउने पनि उनले चेतावनी दिए ।