© २०२३
१२ भदौ, काठमाडौ । नेपाल वायुसेवा निगमले निगमको A330 जहाज 9N-ALY को मर्मत (सी-चेक) सम्बन्धमा विभिन्न मिडियामा आएको समाचारप्रति गम्भीर ध्यानाकार्षण भएको जनाएको छ । निगमका प्रवक्ता रमेश पौडेलकाे हस्ताक्षर रहेको उक्त प्रेस विज्ञप्ति मार्फत निगमले A330 जहाज 9N-ALY जहाजको नियमित मर्मत सी चेकको कार्य नियमानुसार सम्झौता गरिएको मर्मत कम्पनी M/s Atitech S.P.A. , Italy मा भैरहेको जनाएको छ ।
सो सी-चेकमा अन्य सी-चेकभन्दा जहाजको विस्तृत जाँच गरिने र सो क्रममा केही Major Findings जस्तै MLG को Bush Rotation, NTF Replacement, Fuel tank Inspection, Corrosion Repair on LAV 61/62, Cargo Compartment Roller Replacement आदि गर्नुपर्ने देखिएकोले केही मर्मत कार्यहरुको लागि जहाजको निर्माता कम्पनी एयरबससँग पत्राचार गरी मर्मत कार्य भैरहेको उल्लेख गरेको छ ।
अहिले मर्मत कार्य सम्पन्न गराएर उक्त जहाज फिर्ता ल्याउन समन्वय भैरहेको पनि निगमको वक्तव्यमा उल्लेख गरिएको छ । हाल सी चेक भइरहेको जहाजको लागि आवश्यक पार्टपुर्जाहरु निगमको समन्वयमा इटालीको भन्सारबाट छुटाई मर्मत कम्पनी एमआरओ ले प्राप्त गरिरहेको समेत प्रेस विज्ञप्तिमा उल्लेख गरेकाे छ ।