© २०२३
१२ भदौ, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा हिजोदेखि ‘नाडा अटो शो २०२४’ सुरु भएकाे छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा महासंघ) को आयोजनामा प्रत्येक वर्षजसो भइरहेको शोमा यो पटक भने प्रायः प्रिमियमदेखि सस्तो गाडीसम्म विद्युतीय सवारीसाधन (ईभी) मा आकर्षण देखिएको छ । अटो शो आएका नयाँ गाडी पनि अधिकांश ईभी नै रहेका छन ।
यही भदौकाे १६ गतसम्म सञ्चालन हुने अटो शोमा ५५ ब्रान्डका गाडी प्रदर्शनीमा राखिएको छ । नाडा अटो शो संयोजक अनुपकुमार बराल रहेका छन । प्रदर्शनीमा २४ ब्रान्डका चार पाङ्ग्रे, १९ ब्रान्डका दुई पाङ्ग्रे र १२ ब्रान्डका हलुका व्यावसायिक गाडी प्रदर्शनीमा राखिएका छन । उक्त अटो शोमा लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण लगायत ३३ कम्पनी सहभागी भएका छन् । यस्तै ७ वित्तीय संस्थाका स्टलसमेत अटो शोमा छन् । नाडाका अनुसार प्रदर्शनीमा १ सय ३० स्टल रहेका छन ।