© २०२३
११ भदौ, काठमाडौल। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेएका ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमुुद अल्बुसैदीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गरेका थिए । भेटका अवसरमा उनीहरूबीच दुई पक्षीय हित र चासोका विषयमा छलफल भएको छ । भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्रसचिव सेवा लम्साललगायतको उपस्थिति थियाे ।