© २०२३
९ भदौ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को ११ बजेका लागि बोलाइएको केन्द्रीय कमिटीको प्रथम बैठक अझै सुरु हुन सकेको छैन । पार्टीका शीर्ष नेताहरू आई नपुगेकाेले बैठक सुरु हुन नसकेको हो । बैठक सुरु नहुन्जेलसम्म पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई कार्यक्रमस्थल छोडेर नजान भनिएको छ । अहिले बैठकस्थल बाहिर बैठकमा सहभागी हुने नेताहरूको भीड बढ्दै गएको छ । बैठकस्थल बाहिर कोही पुस्तक पढ्ने त कसैले सेल्फी लिइरहेका छन ।