© २०२३
काठमाण्डौ – आज देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । कोशी, बागमती र सुदूरपश्चिम प्रदेशको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा नेपालतर्फ रहेकाले केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा तथा मधेस प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, बागमती र सुदूरपश्चिम प्रदेशको एक/दुई ठाउँमा ठूलो पानी पर्नसक्ने अनुमान छ ।
यसैगरी आज राति कोशी, बागमती र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । गएराति अछाम, तनहुँ, बागलुङ, कास्की, गोरखा, लमजुङ, म्याग्दी, डडेलधुरा, बैतडी, दार्चुला, बझाङलगायतका जिल्लामा पानी परेको महाशाखाले जनाएको छ ।
ठूलो पानी परेको अछामको बूढीगङ्गा र सहायक खोलामा आकस्मिक बाढीको जोखिम रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । त्यस्तै पानी परेका अरू क्षेत्रका साना खोलामा पनि जोखिम रहेकाले सर्तकता अपनाउन भनिएको छ ।