प्रधानमन्त्री ओलीको नेतृत्वमा ७८ सदस्यीय टोली चीन प्रस्थान स्थानीय तह उपनिर्वाचन: दलहरूको मिश्रित प्रदर्शन कीर्तिपुरका जनताले भ्रष्टाचारमुक्त नगरको सपना देखिरहेका छन्, डा. महर्जनको जित पक्का हुन्छ : प्रचण्ड लगानीको गति बढाउन कानुनी बाधा हटाउनुपर्छ: अध्यक्ष ढकाल कीर्तिपुरको चुनाव जनमत संग्रहसरह: राजेन्द्र पाण्डे गढीमाई मेलाको व्यवस्थापनमा मदेश सरकारको सक्रियताले मुख्यमन्त्री सिंहको प्रशंसा परिणाममुखी परिवर्तनका लागि प्रधानमन्त्रीको निर्देश जनसङ्ख्याका मुद्धालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्छ : प्रधानमन्त्री ओली रास्वपाका २० सांसदविरुद्ध अदालतको अपहेलना मुद्दामा प्रमाण पेश गर्न सर्वोच्चको आदेश सभापति लामिछानेलाई काठमाडौं ल्याइँदै: सहकारी ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा बयान प्रक्रिया सुरु प्रधानमन्त्री ओलीको चीन भ्रमण बीआरआई परियोजनामा दलहरू बीच द्वन्द्व फरक दृष्टिकोण ओली सरकारलाई संकटको सुरुवात, जनमतले फिर्ता लिनसक्ने समर्थन नेपालले बीआरआईबाट लाभ लिनुपर्छ: पुर्व प्रधानमन्त्री भट्टराई सुनको मूल्यमा ऐतिहासिक गिरावट एकैदिन तोलामा १६ हजारले कमी स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलद्वारा मृत्युपश्चात अंगदान गर्ने परिवारलाई २ लाख प्रोत्साहन दिने निर्णय रवि लामिछानेमाथि थप १५ दिन हिरासतमा अनुसन्धानको अनुमति दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश काठमाडौँ महानगरको १ लाख जरिवानाको पत्र एमालेले गर्‍यो अस्वीकार रास्वपाका सांसदहरूमाथि अदालतको अवहेलना मुद्दामा आज सुनुवाइ ट्रम्पको मिडिया कनेक्शन, सल्लाहकारदेखि राजदूतसम्म मिडियाकर्मी काठमाडौं महानगरको जरिवाना नीतिबाट एमालेलाई १ लाख, ९० लाख सङ्कलन नेकपाको ११औं वार्षिकोत्सवमा जनसभा विप्लवको विशेष सम्बोधन धरहरा चढ्ने शुल्क दुई सय देखि हजार सम्म प्रचण्डबाट आजित भएर कांग्रेस-एमाले मिल्यो: काँग्रेस प्रवक्ता महत महत पूर्वसभामुख दमननाथ ढुङ्गानाको राजकीय सम्मानसहित अन्त्येष्टि उपनिर्वाचनमा साना दललाई सकस गृहमन्त्री लेखकसंग एसएसबी प्रमुख को भेट प्रधानमन्त्रीको आसन्न चीन भ्रमण बारे संसदीय समिति निर्णायक छलफलमा न्यायको आवाजलाई सशक्त बनाउँदै शिव नेपाली पोखरामा २८ दिन देखि धर्ना जारी सांसद बजगाईंको आरोप विरुद्ध मन्त्री पाण्डेको कडा प्रतिक्रिया, प्रमाणित भए राजनीति छोड्छु खोरमा थुन्दैमा बाघ स्याल हुँदैन : रवि लामिछाने मानव तस्करीकाे आरोप लागेका एमाले नेता लिलाबल्लभ अधिकारी थप ७ दिन हिरासतमा सडक सुरक्षा मजबुत बनाउन क्षमता भन्दा बढी यात्रु बोक्न नदिन गृहमन्त्री लेखकको निर्देशन रवि लामिछाने सहकारी ठगी प्रकरणमा रुपन्देही पुर्‍याइए, १४ करोड अपचलनकाे अनुसन्धान हुँदै प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सुरु जनअपेक्षाअनुसार चल्न सरकारलाई कांग्रेस नेता महरकाे चेतावनी ओली सरकारका १०० दिन प्रगति विवरण आज सार्वजनिक हुँदै टीआरसी पदाधिकारी सिफारिस समिति पुनर्गठन मन्त्रिपरिषदका २३ महत्वपूर्ण निर्णय तीन दलका शीर्ष नेताहरूबीच बालुवाटारमा महत्त्वपूर्ण बैठक सुरु प्रधानमन्त्री ओली र जापानी राजदूत युताकाबीच शिष्टाचार भेट, विपी राजमार्ग पुनः निर्माणबारे छलफल बाढी, पहिरोपछिको पुनःनिर्माण र पुनःव्यवस्थापन कार्य छिट्टै अघि बढ्छ : प्रधानमन्त्री ओली जनार्दन शर्मा र विप्लवको कपिलवस्तुमा भेट, माओवादी एकता हुन सक्ने नयाँ संकेत सुदूरपश्चिम माओवादी केन्द्रका नेताहरूको जिम्मेवारी तोकियो दशैं सुरक्षामा कडाइ, सडक दुर्घटनाबाहेक अन्य घटना शून्य : प्रहरी प्रवक्ता परिवारसँगको सान्निध्य र समाजको अध्ययन गर्ने अवसर हो दशैं सादगी, परोपकार र उद्योगको सशक्त स्तम्भ रतन टाटाको अवसान प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा बुढानिलकण्ठमा नयाँ रिसोर्टको उद्घाटन नेपाल नयाँ शीतयुद्धको इपिसेन्टर बन्ने खतरा: प्रचण्ड ट्याङ्करमा लुकाई ३९२ किलो गाँजा ओसारपसार: मकवानपुर प्रहरीले पक्राउ गर्‍यो

राइडसेयरिङ सञ्चालन कार्यविधिमा व्यवसायी र मजदुरको प्रतिनिधित्व हुन्छ : मुख्य मन्त्री पाण्डे

४ भाद्र २०८१, मंगलवार

४ भाद्र २०८१ पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राइड सेयरिङ सम्बन्धी कार्यविधिमा यातायात व्यवसायी र यातायात मजदुर प्रतिनिधिहरुको सुझावलाई समेटिने बताउनु भएका छन । मंगलबार यातायात व्यवसायी तथा मजदुर प्रतिनिधिहरुसंग कुराकानी गर्दै मुख्यमन्त्री पाण्डेले त्यस्तो बताएका हुन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघका नेतृत्वले मुख्यमन्त्रीको कार्यालयमा गरेको छलफलमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ६ र ८ विपरित सञ्चालित राइड सेयरिङलाई व्यवस्थापन गर्ने र सार्वजनिक यातायातलाई समयसापेक्ष सुधार गर्ने तथा गत साउन १३ गते यातायात व्यवसायी र मजदुरहरुले गरेको गण्डकी बन्द र त्यसले उत्पन्न समस्या र सार्वजनिक यातायात व्यवस्थापनका बारेमा भेटमा कुराकानी भएको छ ।
ऐनको दफा ८ मा रातो नम्बर प्लेटको निजी सवारी साधनले यात्रु ओसारपसार गर्न नपाउने व्यवस्था विपरित दुइपाङ्ग्रे तथा चार पाङ्ग्रे निजी सवारीसाधनले निर्वाध यात्रु ओसारपसार गरिरहेकाले यसलाई नियन्त्रण गर्नुको सट्टा सरकारले कानुन संशोधननै नगरी अनुमति दिएकोप्रति मुख्यमन्त्रीको ध्यानाकर्षण गराइएको थियो ।
छलफलमा मुख्यमन्त्री पाण्डेले संघिय कानुन तत्काल संशोधन नभएकाले प्रदेशमा कार्यविधि बनाएर राइड सेयरिङलाई नियमन गर्न खोजिएकाले सहयोग गर्न व्यवसायी मजदुर प्रतिनिधिहरुसंग आग्रह गरेका छन ।
राइड सेयरिङ समयको आवश्यक्ता भएपनि कानुनी दायरामा नल्याई त्यसलाई बैधानिकता दिन नहुने व्यवसायी मजदुरहरुले सुझाएका थिए । लगानीको संरक्षण, श्रमिकहरुको व्यवस्थापन र यात्रुहरुको सेवालाई व्यवस्थित गर्न तर्फ सरकारले ध्यान दिनु पर्ने मुख्यमन्त्रीलाई सुझाव दिएको छ । प्रदेश सरकारले बनाएको कार्यविधिमा व्यवसायी र मजदुरहरुको सुझावलाई समावेश नगराई कार्यान्वयन नगर्न मुख्यमन्त्रीलाई सुझाव दिइएको छ । मुख्यमन्त्री पाण्डेले समेत व्यवसायी श्रमिकहरुका प्रतिनिधिहरुको प्रतिनिधित्व हुने प्रतिवद्धता व्यक्त गर्नु गरेका छन ।
छलफलमा महासंघका अध्यक्ष विजय स्वाँर, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दिपक केसी, नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी सहभागी रहनुभएको थियो । त्यस्तै महासंघका उपमहासचिव पुरुषोत्तम सिंखडा, कोषाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, गण्डकी प्रदेश संयोजक केदार पौडेल, पोखरेली ट्याक्सी सेवा प्रालिका संस्थापक अध्यक्ष प्रकास तिवारी, अध्यक्ष शोभाकान्त पौडेल, वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर थापा, उपाध्यक्ष रामजी घिमिरे लगायतको सहभागीता रहेको थियो ।