© २०२३
४ भदौ, काठमाडौं – उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले सरकार रोजगारीसहितको विकासको पक्षमा रहेको बताउनुभएको छ ।
काठमाण्डौमा आज बिहान भएको विकासका लागि वित्तसम्बन्धी संवाद, भविष्यमा हुने शिखर सम्मेलनका लागि नेपालको मार्ग विषयक कार्यक्रममा अर्थमन्त्री पौडेलले युवा श्रम शक्तिलाई बजारको माग अनुकूल स्वदेशमै रोजगार वा स्वरोजगार बनाउन र रोजगारीको अवसर सिर्जना गर्न सरकार प्रयासरत रहेको बताउनुभयो ।
साथै उहाँले उच्च व्यापार घाटा, सुस्त आर्थिक वृद्धि र विकास सहायताको घट्दो क्रमले विकासोन्मुख र अल्पविकसित देशहरू थप समस्यामा परेको बताउनुभयो । उहाँले कुल गार्हस्थ्य उत्पादनका तुलनामा राजश्वको अनुपात तुलनात्मक रूपमा राम्रो देखिए पनि यसलाई दिगो बनाउनुपर्ने चुनौती रहेको बताउनुभयो ।