गृहमन्त्रीको राजीनामा मागेर सदन अवरोध गर्नु लोकतन्त्र विपरीत छ : प्रधानमन्त्री ओली झापा माओवादी केन्द्रद्वारा : ‘ग्रीन दमक, क्लिन दमक’ अभियानको दोस्रो चरण सुरु राजावादीको आन्दोलनमा आगो भए दीपक सिंह रैथाने खानामा युवा पुस्ताको रुची गुम्दै, संकटमा आदिबासी जनजाती आदिवासी परम्परा र रैथाने बालीको संरक्षणमा एफएओको विशेष जोड : आदिवासी जनजातिको निर्णायक भूमिका हुनेमा सरोकारवालाको विश्वास निजी ऊर्जा विकासका लागि ऐन आवश्यक छ हामी साँच्चै दुःखमा छौं: इप्पान अध्यक्ष कार्की भ्रष्टाचार नियन्त्रणमा सरकार गम्भीर छैन : सांसद केसी केआइआइटीमा दोहोरिएको रहस्यमय घटनाबारे राष्ट्रियसभामा सत्यतथ्य छानबिनको माग गेटा मेडिकल कलेजको उपकरण खरिद प्रक्रियामाथि प्रश्न: पारदर्शिता र नियमन आवश्यक नेपालको हवाई सुरक्षामा नयाँ युगको आरम्भ : मन्त्री पाण्डेद्वारा प्रणाली सुदृढीकरणमा जोड बुद्धका शिक्षालाई विश्वभर फैलाउन लुम्बिनीबाट प्रधानमन्त्रीको उद्घोष गठबन्धन सरकारमा कांग्रेसको हिस्सा माग: गभर्नर पद कांग्रेसलाई दिनुपर्ने  प्रवक्ता महतको सुझाव ११ वर्षपछि त्रिचन्द्रमा नेविसंघ इकाइ गठन, बाजुराका अमृत शाही बने अध्यक्ष शिक्षा ऐन चाँडै आउँछ : प्रधानमन्त्री ओली प्रदूषणबारे सरकारले थाल्यो विज्ञसँग छलफल कार्यवाहक प्रधानमन्त्रीले शिक्षा विधेयकबारे सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्रीको सम्बोधनः मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास आवश्यक प्रधाानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्री अमरासुरियाबिच भेटवार्ता कुलमान र हितेन्द्रदेवको रिटमाथिको सुनुवाइ सकियो, आदेश आजै आउने ०८४ पछि देउवा, ओली र प्रचण्डले नेतृत्व छाड्नुपर्छः विश्वप्रकाश शर्मा नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर स्वतन्त्रताका नाममा हुने हिंसा, आगजनी र लुटपाट सधैँ निषेधितः राष्ट्रपति पौडेल मेडिकल राहत लिएर नेपाली सेनाको टोली भूकम्प प्रभावित म्यानमार प्रस्थान ई. जीवन तिमिल्सैनाको नेतृत्वमा बेथीतिबिरुद्व (3D-1C) मोडल सार्वजनिक प्रधानमन्त्री ओली थाइल्यान्डमा सांसद दीपक बोहराको निधनमा संसद्‌बाट शोक प्रस्ताव पारित तीनकुने घटनामा अराजक गतिविधि गर्ने थप १८ जना पक्राउ तने बोडीमा अत्यधिक विषादी भेटियो अमेरिकाबाट फर्काइएका भुटानी शरणार्थीलाई बेपत्ता तथा देश निकाला गरिएकोमा आपत्ति प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड प्रस्थान मंगलबार पनि सुनको मूल्य हालसम्मकै उच्च दुवै सदनबाट पारित भए अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएका पाँच विधेयक संघीयता खारेजी र हिन्दू राष्ट्र माग गर्दै बझाङमा राप्रपाको प्रदर्शन सुरेशको परिवारलाई प्रधानमन्त्रीको वचन- दोषीलाई कारवाही हुन्छ, धर्मपत्नीलाई रोजगारीको व्यवस्था मिलाउँछौं रविले भने-पार्टीभित्र भारी फेरबदल र पुनःसंरचना गर्छु, तयार रहनुस् कोटेश्वर भाटभटेनीमा राजावादी समूहले लुट्यो सामग्री काठमाडौंका यी क्षेत्रमा लगाइयो कर्फ्यू प्रदर्शनका क्रममा २५ घाइतेको केएसमीमा उपचार हुँदै प्रहरीलाई गोली चलाउन निर्देशन कर्फ्यु लगाएको क्षेत्रमा सेना परिचालन कान्तिपुर टीभी कार्यालयमा राजावादीले गरे ढुंगा प्रहार बालकुमारी र च्यासल क्षेत्रमा आन्दोलनकारीले थप ३ गाडी जलाए रहर गरेर राजतन्त्र पुनःस्थापित हुँदैनः शेरबहादुर देउवा माओवादीले भन्यो-संसदमा जवाफ नदिएसम्म सदन चल्न दिदैनौँ काठमाडौंमा भोलि दुई ठुला प्रदर्शन हुने दुर्गा प्रसाईंले भेटे पूर्वराजा ज्ञानेन्द्र शाह मुख्यमन्त्री र प्रदेश प्रमुखलाई दोहोरो सुविधाः सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी अछामको पाँचुली जंगलमा अबैध तरिकाले गिट्टी तथा ढुङ्गा उत्खनन, के भन्छ पीके निर्माण सेवा ? कुलमान हटाएको विषयमा जवाफ दिन आवश्यक छैनः प्रधानमन्त्री ओली

राष्ट्रिय सभामा कांग्रेस र माओवादीका सांसदबीच भनाभन

३१ श्रावण २०८१, बिहीबार

राष्ट्रिय सभाको बिहीबारको बैठकमा सत्तापक्ष नेपाली कांग्रेस र विपक्षी नेकपा (माओवादी केन्द्र) का सांसदहरूबीच आरोप प्रत्यारोपमा उत्रिएका छन्।

माओवादीका सांसद झक्कुप्रसाद सुवेदी र कांग्रेसका सांसद नारायणदत्त भट्टले रोस्टमबाटै आरोप र प्रत्यारोप गरेका हुन्। पहिले बोलेका सुवेदीले संविधान संसोधन गर्न लागिएको विषयलाई लिएर कांग्रेस नामको मात्रै लोकतान्त्रिक पार्टी भएको बताएका थिए।
संविधान संसोधनमार्फत १० प्रतिशत थ्रेसहोल्ड राखेर कांग्रेस र एमालेबाहेक अरू पार्टी सिध्याइदिने पक्षमा कांग्रेस उभिएको उनले बताए।

लोकतान्त्रिक पार्टीले सयौं फूलहरू फुल्न दिने हो कि बहुदलीय व्यवस्थाबाट दुई दलीय व्यवस्थामा ल्याउने हो। कांग्रेस दुई दलीय व्यवस्थामा जान खोजेको हो ? उनले प्रश्न गरे।

संविधान संसोधन गरेर समानुपातिक प्रणाली हटाउन खोजिएको पनि सुवेदीले बताए।
अनि तपाईंहरू केको लोकतन्त्रवादी, राजा हुन्जेलसम्म प्रजातन्त्रवादी भन्नुहुन्थ्यो। ०६३ सालपछि लोकतन्त्रवादी भन्न थाल्नुभयो। तपाईंहरू नामको मात्र लोकतन्त्रवादी हुँदै हुनुहुन्छ, उनले भने।

उनले संविधान संशोधन गर्नुपर्ने तर शासकीय प्रणाली परिवर्तन गर्ने सम्बन्धमा संसोधन हुनुपर्ने बताए।
संविधान संसोधन गर्नुपर्छ। शासकीय प्रणाली परम्परागत छ। यसबाट नेपाली जनताको समस्या समाधान गर्न सकिँदैन। प्रधानमन्त्रीले यो संशोधन संसदमा लैजानुहोस् हामी समर्थन गर्छौं,उनले भने, पूर्ण समानुपातिकमा जाऔं। लोकतन्त्रवादीले उठाउने कुरा हो। नेपाली कांग्रेसले उठाउने कुरा हो। हामी माओवादीले उठाउने कुरा होइन। हामी त साम्यवादी हौं। कांग्रेसले उठाउने कुरा मैले उठाइरहेको छु।

कांग्रेस सांसद नारायणदत्त भट्टले नचाहँदा नचाहँदै पनि राजनीतिक विषयमा प्रवेश गर्नुपर्ने अवस्था आएको बताए। उनले माओवादी सांसदहरूले सदनमा यसरी निर्धक्क बोल्न सक्ने अवस्थाको सिर्जना नै कांग्रेसले गर्दा भएको बताए।
आज कांग्रेस नभएको भए हाम्रो घाँटी रेटिँदा हामीले ढुंगा खाँदा सबै विचारको सम्मान गरेर आज यो सदनमा उभिएर बोल्न सक्ने ठाउँ हुँदैनथ्यो होला, कहिले असल कुराहरूको पनि ख्याल गर्नुस्, उनले भने।

उनले प्रजातन्त्रबारे कांग्रेसलाई कसैले सिकाइरहन जरूरी नभएको बताए। कांग्रेस गाली खानै जन्मेको पार्टी भएपनि विपक्षीका विचारको सम्मान गर्न पनि सिकेको बताए।

भट्टले कांग्रेस र माओवादीले संयुक्त रूपमा भोट मागेपनि जनतासँग बेइमानी कसले गर्‍यो भन्ने प्रश्न उठेको बताए। ुसबै कुराको दोषी कांग्रेस नै होरु केही कुरा सम्झिऔं,उनले भने।
भट्टले संविधान सभाको पहिलो निर्वाचनमा बहुमत ल्याएको दलले संविधान बनाउन नसकेको र त्यसमा कांग्रेस नै चाहिएको बताए।
संविधान सभामा बहुमत ल्याएको पार्टीले बहुमत दिन नसकेको कुरालाई ख्याल गरेका छौ। कसले दियो संविधानरु कांग्रेस नै चाहियोरु कांग्रेसबिना घाँटीमा पानी नजाँदो रहेछ नि त, असल कुराको कुरै नगर्नेरु,ु उनले भने।
भट्टले आरोप प्रत्यारोप, लाञ्छना लगाउन र कसैका बारेमा तितो टिप्पणी गर्नका लागि संसद उपयुक्त ठाउँ नभएको बताए। ुएकचोटी बगलीमा झाँकेर हेर्नुस् के(के छ केके छैन। के गर्‍यौं के गरेनौं। यो वादविवाद गर्ने ठाउँ होइन,ु उनले भने।

भट्टले सरकार गुमाउनुपर्दा माओवादी धङधङीमा रहेको बताए। तर सरकार किन गुमाउनपर्‍यो कसका कारण गुमाउन पर्‍यो भन्ने विषयमा आत्मालोचना नगरिएको भट्टले बताए।
संविधान संसोधनको कुरा आउँदा कसैको ज्वरो आउन नपर्ने पनि उनले बताए। ुकसैको अधिकार खोस्न र कसैलाई अधिकार बढाउन खोजिएको छैन। संविधान संसोधनको कुरा उठ्दा कसैको टाउको दुख्न पर्दैन, उनले भने।

राजनीतिक आरोप प्रत्यारोप गर्नुभन्दा आम जनताको सरोकारका विषयहरूमा सदनमा छलफल गर्न उनले आग्रह पनि गरे। ुआज देशमा विपत्ति छ, बाढी, पहिरो छ। ती जनताको व्यवस्था, अवस्था, बस्ने बसाई, खानेकुरामा यो सरकारको ध्यान जाओस्, उनले भने।