© २०२३
नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठकअघि शृङ्खलावद्ध बैठक गर्ने भएको छ ।
स्थायी समितिको बिहीबार सकिएको बैठकले असोजको पहिलो साता केन्द्रीय समिति बोलाउने निर्णय गरेको हो । त्यसअघि सातै प्रदेशमा बैठक हुनेछ, जसमा अध्यक्षदेखि उपमहासचिवसम्मका सबै पदाधिकारी जानेछन् ।
प्रवक्ता अग्नि सापकोटाका अनुसार बागमतीमा भदौको ५–६, उपत्यका विशेष प्रदेशमा ७–८ गण्डकीमा ९–१०, सुदूरपश्चिममा १२–१३, कर्णालीमा १४–१५ गते बैठक बस्नेछ ।
लुम्बिनी प्रदेशमा भदौको १६–१७, केन्द्रीय आयोगहरुको १८ गते, मधेशमा २२–२३, कोशीमा २४–२५, जबज मोर्चाको २७–२८ र सल्लाहकार, कम्युनिष्ट मञ्च लगायतको २९–३० गते बैठक हुनेछ ।