© २०२३
संसदीय सुनुवाइ समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएकी छन । सङ्घीय संसद, संसदीय सुनुवाइ समितिको आज बसेको बैठकबाट न्याैपाने सभापतिमा निर्वाचित भएकी हुन । उक्त बैठकमा समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले समितिको सभापतिका लागि एक मात्र उम्मेदवार न्यौपानेलाई निर्विरोध सभापति घोषणा गरेका छन । ज्येष्ठ सदस्य जबराले नेपाली कांग्रेसको सांसदसमेत रहेकी नवनिर्वाचित सभापति न्यौपानेलाई बधाई तथा शुभकामनासमेत व्यक्त गरेका छन ।