© २०२३
काठमाडौँ । प्रमुख दुई राजनीतिक दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको बैठक केही दिन यता काठमाडौँमा चलिरहेका छन् । कांग्रेसको केन्द्रीय समिति बैठक र माओवादीको स्थायी कमिटी बैठकमा विचार, संगठन र नेतृत्वबारे घनीभूत बहस चलिरहेको छ । दुवै पार्टीका बैठकमा नेताहरूले नेतृत्वको कमी कमजोरी खुट्याउँदै खुलेर आलोचना गरेका छन् र, नेतृत्वमाथि साझा प्रश्न पनि गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले जारी केन्द्रीय समिति बैठकमा आफ्नो नेतृत्वबारे विभिन्न प्रश्न सामना गर्नुपरेको छ भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अवस्था पनि उस्तै छ । दुवै दलका नेताहरूले आ–आफ्नो नेतृत्वमाथि प्रश्न गर्दै नेतृत्व हस्तान्तरण गर्न सुझाव दिइरहेका छन् ।
नेताहरूले कांग्रेसमा देउवा र माओवादीमा प्रचण्डको विकल्प खोजे पनि दुवै नेताको विकल्प ‘को हो’ भन्नेबारे सम्बन्धित पार्टीभित्र अलमल देखिन्छ । तर दुवै पार्टीका नेतामाथि नेतृत्व हस्तान्तरणबारे साझा प्रश्न भने उठेको छ ।