© २०२३
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र सबै मिलेर जाने बताएका छन् । स्थायी कमिटी बैठकपछि बाहिरिने क्रममा नेतृत्व हस्तान्तरणबारे लिखित प्रस्ताव आएपनि मिलेर जाने बताए ।
नेतृत्व हस्तान्तरणबारे उनले भने, ‘केही हुँदैन सबै मिलेर जान्छ, तपाईंहरुलाई हो टेन्सन, हामीलाई केही छैन ।’
उपमहासचिव जनार्दन शर्माले बैठकमा लिखित धारणा राख्दै प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका थिए। उनको प्रस्तावपमा केही नेताहरुले समर्थन जनाएका छन् ।