© २०२३
२८ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका १७ अस्पतालले सेवामा सुधार थालेका छन् । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पदभार सम्हालेलगत्तै अस्पतालमा देखिएको भिड व्यवस्थापनसँगै सेवालाई दुई सिफ्टमा थप गुणस्तर वृद्धि गर्न ९ बुँदे निर्देशन जारी गरेका थिए ।
एक महिनाभित्र भिड व्यवस्थापन गर्ने लक्ष्यअनुरुप हालसम्म रिपोर्ट प्राप्त सबै अस्पतालले सुधार भएको जानकारी पठाएको मन्त्रीको सचिवालयले जनाएको छ ।