© २०२३
२८ साउन काठमाडौं । जम्बो मन्त्रिपरिषद् बनाएको बन्दै आलोचना खेपिरहेका मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राज्यमन्त्री हटाउने भएका छन् । २० जना मन्त्री बनाएको भन्दै आलोचना भएपछि मदेश सरकारका आधा दर्जन राज्यमन्त्री हटाउने तयारी सिंहले गरेका हुन । मुख्यमन्त्री सिंहले गत मंगलबार नेपाली कांग्रेसका दुई, नेकपा एमाले, जनमत र लोसपाबाट एक(एक जना गरी पाँच राज्यमन्त्री थप गरेका थिए । १२ मन्त्रालय रहेको मधेसमा यसअघि मुख्यमन्त्रीसहित १२ मन्त्री र तीन राज्यमन्त्री थिए । कांग्रेसले चार, एमालेले चार, जनमतले मुख्यमन्त्रीसहित ३, लोसपाले एक मन्त्रालय लिएका थिए। यिनै दलहरूबाट राज्यमन्त्रीहरू पनि नियुक्त गरिएको थियो। सिके राउत नेतृत्वको जनमत पार्टी सरकार रहेको मदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र लोसपाले समर्थन गर्दै सरकारमा सहभागी छन्।