© २०२३
२२ साउन,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा उपस्थित भएका थिए । यसअघि १६ साउनमा पनि समितिले प्रधानमन्त्री ओलीलाई बोलाएको थियो । तर त्यस दिन उनले आफू उपस्थित हुन नसक्ने भन्दै गृहमन्त्री रमेश लेखकलाई पठाएका थिए । मंगलबारको बैठकमा भने आफैं उपस्थित भएका थिए ।