© २०२३
नयाँ मुख्यमन्त्री बनेसंगै सुदूरपश्चिम प्रदेशमा सरकामा मन्त्रालय भागबन्डाको रस्साकस्सी चलिरहेकाे छ । काँग्रेसका कमल बहादुर शाहाकाे नेतृत्लेवमा प्रदेश सरकार बनेपनि मन्त्रालय टुङ्गो नलाग्दा शपथ ग्रहणको समय निश्चित भएकाे छैन । मन्त्रालय टुङ्गो नलागेका कारण मन्त्री क–कसलाई पठाउने भन्ने पनि टुङ्गो लागेको छैन । नेपाली काँग्रेसको हकमा सिनीयर व्यक्तिहरू मन्त्री बन्नु पर्ने मुख्यमन्त्री कमलबहादुर शाहको चाहना रहेको देखिन्छ । काँग्रेसका एक नेताले पब्लिक सवाललाई भने, सबै कुरा मिलाउन गाह्रो छ । मन्त्रालय सङ्ख्या कम छन् । जातीय, भाैगालिक , लिङ्ग, गुट, उपगुट धेरै कुरा छन् । सबै मिलाउन हम्मे नै हुने गर्दछ ।” मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले राजीनामा दिएपछि एमाले र नागरिक उन्मुक्ति पार्टीको सहयोगमा काँग्रेसका शाह दोस्रो पटक मुख्यमन्त्री बनेका हुन ।