© २०२३
२१ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटे नेपाली कांग्रेसका नेताहरुले आईकाओ र ईयू दुबैले विद्यमान नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक छुट्याउन भनेको दशकौं भइसक्दा पनि कार्यान्वयन नभएको भन्दै ध्यानाकर्षण गराएका छन । आइतबार बेलुका कांग्रेस नेताहरुले प्रधानमन्त्री ओलीलाई भेटेर आईकाओ र ईयू दुबैले विद्यमान नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक छुट्याउन भनेको दशकौं भइसक्दा पनि कार्यान्वयन नभएको भन्दै ध्यानाकर्षण गराएका हुन । कांंग्रेस सांसदहरुले नागरिक उड्डयन प्राधिकरण हवाई सुरक्षामा संवेदनशील नभएको र कार्यकारी प्रमुख (प्रदीप अधिकारी)को भूमिका पनि सन्तोषजनक र जिम्मेवार नभएको भन्दै प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए। प्रधानमन्त्री ओलीले पनि काँग्रेसकाे प्रस्तावलाइ सकारात्मक रूपमा स्वीकार गरेकाे र हवाई क्षेत्रका दुई निकाय छुट्याउन सकिने बताएका छन । त्यसका लागि विधेयक ल्याउन सकिने र विभागीय मन्त्रीसँग छलफल गर्ने वचनसमेत दिएको कांग्रेसका एक सांसदले बताए ।