© २०२३
२१ साउन, काठमाडौं । सन् १९७१ मा बंगलादेशको स्वतन्त्रताका लागि लडेका स्वतन्त्रता सेनानीका आफन्तहरूलाई निजामती सेवाका विभिन्न जागिरहरूमा दिइएको आरक्षणलाई लिएर गत महिना बंगलादेशका विद्यार्थीहरू सडकमा उत्रिएका थिए । सरकारले अधिकांश कोटा फिर्ता लिने निर्णय गरेपछि पनि विद्यार्थीकाे आन्दोलन जारी राखेका छन् । उक्त आरक्षण विरुद्ध जारी प्रदर्शनका क्रममा आइतबार भएको हिंसामा कम्तीमा ९० जनाको मृत्यु भएको छ ।
विद्यार्थीहरूले आह्वान गरेको ‘पूर्ण असहयोग आन्दोलन’का क्रममा ढाकासहित देशका धेरै ठाउँमा हिंसा फैलिएकाे छ । सिराजगञ्जमा अत्यधिक मानवीय क्षति हुनुका साथै १३ जना प्रहरीसहित कम्तीमा १८ जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन् ।आरक्षण विरोधी आन्दोलनको रूपमा सुरु भएका प्रदर्शन अब सरकार विरोधी आन्दोलनमा बदलिएको छ ।