© २०२३
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा कुनै पनि हिसाबको गुटबन्दी स्वीकार्य नहुने बताएका छन् । आज नवनियुक्त केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पहिले गुटबन्दीका कारण एमाले विभाजन भएको भन्दै अव एमालेमा गुटबन्दी स्वीकार्य नहुने चेतावनी दिएका हुन् । अध्यक्ष ओलीले भने- हाम्रो पार्टीमा लामो समयदेखि गुटबन्दी थियो । या त हामीले गुटबन्दी नियन्त्रण गर्न सक्नुपर्थ्यो, सकिएन भने अन्ततः विभाजनमा जान्थ्यो पार्टीमा त्यस्तै भयो । पार्टीमा गुटबन्दी स्वीकार्य छैन ।’ कतिपयले डेमोक्रेसीका नाममा उचाल्न सक्ने भन्दै उनले बैठकमा नेताहरूको भनाभन नै भएन त्यस्तो पनि डेमोक्रेसी हुन्छ ? बैठकमा भनाभन होस् । तब न केही आदानप्रदान भयो भनेजस्तो परिभाषा पार्टीमा नचल्ने भन्दै ओलीेले थपे आफू पनि नगर्ने र तपाईंहरू पनि गुटबन्दीको कुराका छेउ पनि नपर्नु एमालेको खेलाडीजस्तो गरी कार्यक्षेत्रमा खटिनु ।