© २०२३
काठमाडौं, २० साउन । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कमलबहादुर शाह नियुक्त भएका छन् । केन्द्रमा एमाले काँग्रेस गठवन्धन सरकार बनेसंगै सातवटै प्रदेशमा सरकार फेरबदल भइरहेका छन । यस्तै सुदूरपश्चिममा पनि आज नेकपा (एमाले) को समर्थनमा नेपाली काँग्रेसका शाहले मुख्यमन्त्रीको दाबी पेश गरेका थिए । सुदूरपश्चिम प्रदेश प्रमुख नजीर मियाँले शाहलाई दाबीबमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । शाह पहिले पनि मुख्यमन्त्री भैसकेका व्यक्ति हुन । उनी आज फेरि दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका छन् । कूल ५३ प्रदेश सदस्यीयमा नवनियुक्त मुख्यमन्त्री शाहले कांग्रेसका १८ र एमालेका ११ गरी २९ सांसदहरुको समर्थनमा सरकारको दाबी पेश गरे संगै मुख्यमन्त्री बनेका हुन ।