© २०२३
१९ साउन,काठमाडौ । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले संवैधानिक परिषदमा प्रधानन्यायाधीश रहन नहुने बताएका छन् । बार अध्यक्ष घिमिरेले प्रधानन्यायाधीशकै नियुक्ति सिफारिसमा बाहेक अन्य संवैधानिक पदाधिकारी नियुक्तिमा प्रधानन्यायाधीश रहन नहुने बताउदै उनले प्रधानन्यायाधीशजस्तो पद निश्पक्ष हुनुपर्ने र संवैधानिक परिषदमा प्रधानन्यायाधीश रहँदा शक्तितर्फ उन्मुख भएको देखिएको उनले ‘यसमा कन्फ्लिक्ट भयो यसभन्दा पूर्वका अभ्यास पनि प्रधानन्यायाधीशले संवैधानिक परिषदमा कसैलाई नियुक्ति गर्ने, जुन नियुक्ति आफैंले गरेको छ, संवैधानिक पदाधिकारीहरुको, त्यो विषयमा आफैंले फेरि मुद्दा पनि छिन्ने, मुद्दा हेर्ने परिस्थिति भएको हुनाले कन्फ्लिक्ट देखिएको बताएका हुन । उनले पब्लिक सवालसंग कुरा गर्दै यसाे बताएका हुन बार अध्यक्ष घिमिरेले प्रधानन्यायाधीश भनेको न्यायिक पद भएकोले न्यायिक पदमा बसेका व्यक्तिहरुले कार्यकारिणीको सोच राख्नु गलत भएको बताएका छन ।