© २०२३
१८ साउन, काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले दिउँसो ४ बजेका लागि प्रदेश सभा बोलाएको बैठक नबस्ने भएको छ । सोडारीले विश्वासको मत लिनका लागि आज दिउँसो ४ बजे प्रदेश सभा बैठक डाकिएको थियो । उक्त बैठक नेकपा एमाले र नेपाली कांग्रेसले बहिष्कार गर्ने तयारी गरेपछि गणकपुरक संख्या नपुग्ने हुँदा बैठक नबस्ने भएको हो । ५३ सदस्यीय प्रदेशसभामा विश्वासको निम्ति कम्तीमा २७ जनाको समर्थन चाहिन्छ । तर,मुख्यमन्त्रीको पक्षमा आफ्नो दल नेकपा एकीकृत समाजवादीका चार र माओवादी केन्द्रका १० गरेर कूल १४ सदस्य मात्रै भएकाले सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको संगै प्रदेश सभा बैठकमा दुई दल उपस्थित नभएकोखण्डमा पत्रकार सम्मेलन गरेर भएपनि आजै सोडारीले राजीनामा दिनेछन्।